मनु थापा
म्याग्दी, चैत २५ — म्याग्दीको बेनी नगरपालिका–९ जलेश्वरमा बस र ट्रक एक आपसमा ठोक्किँदा १५ जना यात्रु घाइते भएका छन् ।
बुधबार साँझ करिब ६ः३० बजेको समयमा मुस्ताङबाट पोखरातर्फ आउँदै गरेको ग २ ख १४५७ नम्बरको यात्रुवाहक बस र भैरहवाबाट रुप्सेतर्फ जाँदै गरेको ग.प्र. ०१००१ ख ००१२ नम्बरको ट्रक आपसमा ठोक्किँदा दुर्घटना भएको हो ।
दुर्घटनाको खबर प्राप्त हुनासाथ प्रहरी निरीक्षक सागर तिमिल्सिनाको कमाण्डमा ट्राफिक प्रहरीसहितको टोली तत्काल घटनास्थल पुगेर उद्धार कार्य गरेको थियो । घाइते सबैलाई उद्धार गरी प्रदेश अस्पताल बेनीमा उपचारका लागि पठाइएको छ ।
बसमा चालक र सहचालकसहित २४ जना सवार रहेका थिए । तीमध्ये ९ जना सकुशल रहेका छन् भने १५ जना घाइते भएका हुन् । घाइतेमध्ये अधिकांश भारतीय नागरिक रहेका छन् र उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ भने एक जनाको अवस्था मध्यम रहेको छ ।
दुर्घटनामा बसको अगाडिको भाग पूर्ण रूपमा क्षतिग्रस्त भएको छ भने ट्रकको अगाडिको भागमा पनि क्षति पुगेको छ । दुबै सवारी साधन घटनास्थलमै रहेका छन् ।
बस चालक कास्की माछापुच्छ्रे गाउँपालिका–४ लाहाचोकका ३१ वर्षीय विकास जिसी उपचारमा रहेका छन् भने ट्रक चालक पर्वत जलजला गाउँपालिका–७ धाइरिङका २८ वर्षीय नारायण प्रसाद शर्मा प्रहरीको सम्पर्कमा रहेका छन् ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।
निम्न घाईते
१.देश भारत उत्तर प्रदेश घर भयका बर्ष ६२ का दिपकराज मित्तल दायाँ आखाँमा चोट अबस्था सामान्य ।
२.ऐ.ऐ. बस्ने बर्ष ६३ का शंकर लाल केशवानी मुखमा चोट अबस्था सामान्य ।
३.देश भारत मध्य प्रदेश घर भयका बर्ष ४२ कि कृति शर्मा नाक र मुखमा भित्री चोट अबस्था सामान्य ।
४.ऐ.ऐ.बस्ने बर्ष ३८ को गौरव सेनी घुडामा भित्री चोट अवस्था सामान्य ।
५.देश भारत गुजरात बस्ने बर्ष ७२ को राज अडोलिया मुखमा निधारमा चोट अबस्था सामान्य ।
६.ऐ.ऐ. बस्ने बर्ष २० कि सिम्रण साहाय मुखमा भित्री चोट अबस्था सामान्य ।
७.देश भारत हरीयाना बस्ने बर्ष ६७ का प्रेमा शर्मा मुखमा र चिउडोमा चोट अबस्था समान्य ।
८.देश भारत उत्तर प्रदेश बस्ने बर्ष ५३ कि अल्का गुप्ता मुखमा चोट अवस्था सामान्य ।
९.देश भारत जयपुर राजस्थान बस्ने बर्ष ५८ को अरबिन्द भट्ट ओठ र चिउडीमा चोट अवस्था सामान्य ।
१०.देश भारत दिल्ली बस्ने बर्ष ६९ को रामगोपाल शर्मा मुखमा भित्री चोट अवस्था सामान्य ।
११.ऐ.ऐ.बस्ने बर्ष ४८ कि बन्धना शर्मा दायाँ पाखुरामा भित्री चोट अबस्था मध्यम ।
१२.देश भारत मध्य प्रदेश बस्ने बर्ष ३७ कि रिचा कौशिक मुखमा चोट अवस्था सामान्य ।
१३.ऐ.ऐ. बस्ने बर्ष ३९ को गौरव कौशिक बायाँ साप्रामा भित्री चोट अवस्था सामान्य ।
१४.देश भारत गुजरात घर भयका बर्ष ४८ का बिनित गोयल बायाँ खुट्टामा सामान्य चोट अवस्था सामान्य ।
१५.ऐ.ऐ. बस्नर बर्ष ४२ कि निरु चौधरी कुममा चोट अवस्था सामान्य ।
नोट ;-बस चालक जि.कास्की माछापुच्छ्रे गा.पा. ०४ लाहाचोक घर भयका बर्ष ३१ को बिकास जि.सी.उपचारमा संलग्न र ट्रक चालक जि.पर्बत जलजला गा.पा.०७ धाईरिङ घर भयका बर्ष २८ का नारायण प्रसाद शर्मा प्रहरीको सम्पर्कमा रहेको दुबै चालकले मा.प.से.नगरेको कागज पत्र साथमा भएको ।
प्रतिक्रिया