logo
  • ३ बैशाख २०८३, बिहीबार | Thu, 16 Apr 2026
  • मोना जापानद्वारा डढेलो प्रभावित क्षेत्र इवातेका लागि आर्थिक सहयोग प्रदान

    • myagdipress myagdipress
    • १२ जेष्ठ २०८२ सोमबार
    मोना जापानद्वारा डढेलो प्रभावित क्षेत्र इवातेका लागि आर्थिक सहयोग प्रदान

    टोकियो – गत फेब्रुअरीमा इवाते प्रिफेक्चरको ओओफुनातो सिटीमा पर्ने वन क्षेत्रमा लागेको डढेलोबाट प्रभावित उक्त क्षेत्रको पुनर्निर्माण र मर्मतसंभारका लागि म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापानले सांकेतिक सहयोग स्वरुप ३० हजार येन आर्थिक सहयोग पठाएको छ । डढेलोबाट उक्त प्रिफेक्चरलाई ठूलो क्षति भएको थियो ।

    मोना जापानले उक्त सहयोग राशी इताबासी सिटी कार्यालय मार्फत सम्बन्धित प्रभावित क्षेत्रमा पठाउनेगरी गत बुधबार इताबासी सिटीका प्रशासकीय अधिकृत युताका खातोउलाई हस्तान्तरण गरिएको हो ।

    मोना जापानले गत वर्षको अप्रिल महिनामा इताबासी कु संग सहकार्य गरी मोना इताबासी फेस्टिवलको आयोजना गरेको थियो । मोना जापान र इताबासी कु बीच रहिआएको असल सम्बन्ध र सहकार्यलाई निरन्तरता प्रदान गर्न सांकेतिक सहयोग स्वरुप उक्त सहयोग राशी पठाईएको मोना जापानले जनाएको छ ।

    मोना जापानले जिल्लाबासीहरुका साथै जापानमा रहेका नेपालीहरुमा आईपर्ने समस्याहरुमा सहयोग र सहकार्य गर्दै आइरहेको छ । हालैमात्र म्याग्दी जिल्ला मंगला गाउँपालिका घर भै जापानको फुकुओकामा बस्दै आएका बिरामी चोकबहादुर बुढाथोकीलाई उपचारका लागि आर्थिक सहयोग संकलन गरि पठाएको थियो ।

     



    myagdipress myagdipress    
  • १२ जेष्ठ २०८२ सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP