logo
  • ३ बैशाख २०८३, बिहीबार | Thu, 16 Apr 2026
  • मोना हाउसका लागि अध्यक्ष खड्काद्वारा २५ लाख सहयोग

    • myagdipress myagdipress
    • २० असार २०८२ शुक्रबार
    मोना हाउसका लागि अध्यक्ष खड्काद्वारा २५ लाख सहयोग

    म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तर्राष्ट्रिय कार्यकारी समितिका अध्यक्ष ददिवल खड्काले मोना हाउस बनाउन २५ लाख सहयोग गर्नुभएको छ । बेनी नगरपालिका वडा नं ७ मंगलाघाटमा बन्ने कार्यकारी समितिको केन्द्रिय कार्यालयका लागि अध्यक्ष खड्काले उक्त सहयोग गर्नुभएको मोनाका महासचिव सुनेश केसीले बताउनुभयो ।

    उक्त घोषणासँगै अन्नपूर्ण गाउँपालिका वडा नं.६ घार जन्मघर भई हाल जापानका सफल नेपाली ब्यवसायी खड्काले मोनाको केन्द्रिय कार्यालय निर्माणका लागि ठुलो मात्राको सहयोग प्रदान गर्ने घोषणा गर्नुभएको हो ।

    मोनाको अध्यक्षमा निर्वाचित भएपछि खड्काले मोना हाउस र म्याग्देलीलाई प्रत्यक्ष फाइदा हुने उद्योग सञ्चालन गर्ने प्रतिबद्धता जनाउनुभएको थियो । अध्यक्ष खड्काकै अगुवाइमा बेनी नगरपालिका वडा नं ८ गणेशटोलमा अर्गानिक उत्पादनको खरिद तथा विदेशमा बिक्री गर्ने मोना म्याग्दी डेभलपमेन्ट कम्पनी स्थापना भएको छ ।

    उक्त कम्पनीले म्याग्दीको जडिबुटी, अर्गानिक उत्पादन कृषकबाट खरिद गर्ने, आवश्यकता परेमा कृषकलाई माटो सुहाउँदो उत्पादनका लागि सहयोग गर्ने छ । मोना अन्तराष्ट्रि«यका कोषाध्यक्ष नगेन्द्र फगामीले सहयोग अभियानसँगै मोना हाउसको डिजाइन सहित अन्य काम अगाडी बढेको बताउनुभयो ।



    myagdipress myagdipress    
  • २० असार २०८२ शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP