logo
  • ३ बैशाख २०८३, बिहीबार | Thu, 16 Apr 2026
  • माउन्ट जिके ओलम्पियाड प्रतियोगितामा प्रकाश माविका प्रशिस रिजाल प्रथम

    • myagdipress myagdipress
    • ७ भाद्र २०८२ शनिबार
    माउन्ट जिके ओलम्पियाड प्रतियोगितामा प्रकाश माविका प्रशिस रिजाल प्रथम

    म्याग्दी । म्याग्दीको बेनीमा अवस्थित माउन्ट एभरेष्ट आवासीय माध्यमिक विद्यालयले आयोजना गरेको जिल्ला स्तरीय अन्तर मावि माउन्ट जिके ओलम्पियाड हाजिरीजवाफ प्रतियोगितामा प्रकाश माध्यमिक विद्यालयका प्रशिस रिजाल प्रथम हुन सफल भएका छन् ।

    जिके ओलम्पियाडका अन्तराष्ट्रिय नियम र मान्यताहरुलाई पछ्याउँदै आयोजना गरिएको उक्त जिल्लास्तरीय प्रतियोगितामा म्याग्दीका २२ वटा विद्यालयको सहभागिता रहेको थियो ।

    प्रतियोगितामा बेनी स्थित लिटिल गार्डेन वोर्डिङ स्कुलका प्रशान्त सुवेदीले द्धितीय स्थान प्राप्त गर्न सफल हुनुभएको छ भने तृतीय स्थान पनि प्रकाश मावि बेनीका अभिशेक केसीले प्राप्त गर्नुभएको आयोजक विद्यालय माउन्ट एभरेष्ट आमाविका कार्यक्रम संयोेजक सुरेन्द्र थापाले जानकारी दिनुभएको छ । त्यसैगरी सान्त्वना स्थान लिटिल गार्डेनले नै प्राप्त गरेको छ ।

    बेनीको मंगलाघाट स्थित जे वि स्टशनरी सह प्रायोजकरहेको उक्त कार्यक्रममा प्रथम,द्धितीय र तृतीय भएका विद्यार्थीहरुलाई प्रदेश र राष्ट्रिय स्तरीय ओलम्पियाडहरुमा सहभागि गराउन सकिने माउन्ट एभरेष्ट आवासीय माध्यमिक विद्यालयका प्राचार्य राजु केसीले बताउनुभयो ।
    कार्यक्रममा प्रथम,द्धितीय,तृतीय र सान्त्वना स्थान प्राप्त गर्न सफल विद्यार्थीहरुलाई नगद रु पाँच हजार, तीन हजार,दुईहजार र एकहजार नगद सहित ट्रफि,मेडल र प्रमाणपत्रले सम्मान गरिएको थियो ।

    कार्यक्रममा प्रमुख अतिथी बेनी नगरपालिकाका प्रवक्ता तथा वडा नं ७ का वडाअध्यक्ष रमेश श्रेष्ठले अलग शैलिमा आयोजित यो प्रतियोगिता विद्यार्थीहरुको प्रतिभा पहिचान र उनीहरुको क्षमता मापनका लागि सहयोगि हुने बताउनुभयो । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी म्याग्दीका कोषाध्यक्ष नवराज पौडेलले सहभागि विद्यार्थीहरुलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो ।



    myagdipress myagdipress    
  • ७ भाद्र २०८२ शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP