logo
  • ८ बैशाख २०८३, मंगलवार | Tue, 21 Apr 2026
  • मोना अमेरिकाको अध्यक्षमा तारा गौचन चयन

    • myagdipress myagdipress
    • २९ भाद्र २०८२ आईतवार
    मोना अमेरिकाको अध्यक्षमा तारा गौचन चयन

    म्याग्दी प्रवासी नेपाली संघ मोना अमेरिकाको तेस्रो अधिवेशनबाट अध्यक्षमा तारा गौचन चयन हुनुभएको छ । कार्यसमितिको बरिष्ठ उपाध्यक्ष राम गुरूङ, उपाध्यक्षहरुमा प्रदिप बरुवाल, कमल खड्का, बेल बहादुर जुग्जाली र बिराट श्रेष्ठ, महासचिव नन्दु पुन, सचिव धुर्ब केसी, कोषाध्यक्ष चिन कुमार जुग्जाली र सहकोषाध्यक्ष कला केसी रहनुभएको छ । कार्यसमितिको सदस्यहरुमा बुद्दि गर्बुजा, टेक प्रसाद बिक, नबराज फगामी, याम बहादुर जुग्जाली र जगत शेरपुन्जा रहनुभएको छ ।

    अधिवेशनको उद्घाटन गदैं मोना अन्तराष्ट्रि«यका पूर्व अध्यक्ष एवम् संरक्षक ओमनारायण जुग्जालीले मोनामार्फत जन्मभूमिमा विभिन्न क्षेत्रमा सहयोग भएको बताउँदै विश्वभर रहेका म्याग्देली मोनामा आवद्ध हुन अनुरोध गर्नुभयो । प्रमुख अतिथि जुग्जालीले आफ्नो कार्यकालमा बाढपहिरोबाट विस्थापितलाई एकिकृत बस्ती बनाउनेदेखि दर्जनौ काम गरेको बताउनुभयो ।

    सोही अवसरमा विशिष्ट अतिथि मोना आइइसीका निर्वतमान अध्यक्ष अम्मर छन्त्याल, म्याग्दी समाज अमेरिकको संस्थापक अध्यक्ष पारस श्रेष्ठ, म्याग्दी समाज न्यूर्योगको अध्यक्ष तिर्थ घर्ती, संरक्षक भविन्द्र शेरपुञ्ज निर्वतमान अध्यक्ष रमेश तुलाचन, समाजसेवी इन्द्र थापा लगायतको उपस्थिती रहेको थियो । नवनिर्वाचित अध्यक्ष गौचनले अमेरिकामा रहेका विभिन्न म्याग्देली संस्थासँग सहकार्य गरी मोनालाई बलियो बनाउने प्रतिबद्धता जनाउनुभयो ।



    myagdipress myagdipress    
  • २९ भाद्र २०८२ आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP