logo
  • २० जेष्ठ २०८३, बुधबार | Wed, 03 Jun 2026
  • राँगाको मासु काट्ने क्रममा एक जनाको मृत्यु

    • myagdipress myagdipress
    • १४ आश्विन २०८२ मंगलवार
    राँगाको मासु काट्ने क्रममा एक जनाको मृत्यु

    झापाको भद्रपुरमा राँगा काट्ने क्रममा एक जनाको मृत्यु भएको छ । भद्रपुर(१ का ३५ वर्षीय रमेश परियारको ग्रेन्डर मेसिनले खुट्टा काटिँदा मृत्यु भएको छ।

    आफ्नै घरमा राँगाको मासु काट्ने क्रममा प्रयोग भएको ग्रेन्डर मेसिनले उनको बायाँ खुट्टा काटिएको थियो ।

    गम्भीर घाइते भएका परियारलाई तत्काल उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल लगिएको लगिएकोमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

    उनको बिर्तामोड स्थित बीएण्ड सी अस्पतालमा उपचारका क्रममा सोमबार साँझ उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।



    myagdipress myagdipress    
  • १४ आश्विन २०८२ मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP