logo
  • ३ बैशाख २०८३, बिहीबार | Thu, 16 Apr 2026
  • बेनी बचतको २५ औँ स्थापना दिवस तथा २४ औँ साधारणसभा

    • myagdipress myagdipress
    • २९ मंसिर २०८२ सोमबार
    बेनी बचतको २५ औँ स्थापना दिवस तथा २४ औँ साधारणसभा

    म्याग्दी । बेनीमा रहेको बेनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २५ औ स्थापना दिवस तथा २४ औ साधारणसभा आईतवार सम्पन्न भएको छ ।

    वि.स. २०५८ मंसिर २८ गते स्थापना भएको सहकारीको स्थापना दिवसको अवसरमा लोगो र विषेशांक सार्वजनिक भएको छ । यसैगरी गलेश्वरमा सञ्चालित जेष्ठ नागरिक आश्रमलाई रु. तीस हजार नगद सहयोग गरेको छ ।

    रु. तीन करोड ७४ लाख १६ हजार एक सय सेयर पुँजी रहेको सहकारीले गत वर्षमा रु.७८ लाख ३८ हजार तीन सय ३० खुद मुनाफा गरेको छ । विभिन्न शिर्षकमा रु। ३५ लाख ७३ हजार चार सय ४० राजस्व तिरेको र विभिन्न योजना अन्तर्गत रु. ३७ लाख एक हजार सात सय ५२ व्याज तथा हर्जना छुट गरिएको अध्यक्ष सञ्जयकुमार श्रेष्ठले बताउनुभयो । गत वर्ष रु.४१ करोड १९ लाख एक हजार दुई सय ९३ बचत संकलन र रु. ३६ करोड २० लाख ७८ हजार दुई सय ९२ ऋण लगानी गरेको कोषाध्यक्ष कमलप्रसाद श्रेष्ठले बताउनुभयो ।

    खुद मुनाफाबाट १० प्रतिशत आयकर व्यवस्था गरी बाँकी मुनाफालाई स्वीकृत विनियम अनुसार २५ प्रतिशत जगेडा कोषमा छुट्टाई बाँकी रहेको कोष रकमबाट सहकारी ऐन अनुसार २५ प्रतिशत संरक्षित पूँजी फिर्ता कोषमा र शून्य दशमलब पाँच प्रतिशत सहकारी प्रर्वद्धन कोषमा छुट्टाई बाँकी रहन आएको रकमलाई शतप्रतिशत मानी अन्य कोषहरुमा बाँडफाँड गरी सम्बन्धित कोषहरुमा रकमान्तर गरेको साधारणसभामा जानकारी गराइएको थियो ।

    साधारणसभामा गलेश्वर जेष्ठ नागरिक आश्रमलाई रु ३० हजार आर्थिक सहयोग गरिएको छ । अश्रमका अध्यक्ष बमबहादुर पुनलाई सो सहयोग रकम हस्तान्तरण गरिएको थियो । उत्कृष्ट कारोबारकर्ताका रुपमा संस्थागततर्फ बेनी खानेपानी उपभोक्ता संस्था र व्यक्तिगतमा माधवप्रसाद रेग्मीलाई सम्मान गरिएको छ । ७५ वर्ष नाघेका शेयर सदस्यहरुलाई बेनी बचत आजिवन साहरा कार्यक्रम अन्तरगत यस वर्ष नौ जनालाई रु.छ हजारका दरले जेष्ठ नागरिक भत्ता उपलब्ध गराइएको छ । दयासागर शर्मालाई जेष्ठ नागरिक सम्मान गरिएको छ ।

    सेयर सदस्यका सन्ततीहरु मध्यबाट हरेक बर्षको एसईईमा उत्कृष्ट अंक ल्याउनेलाई सम्मान गर्ने, उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्ने कार्यक्रमलाई निरन्तरता दिएको छ । ७० वर्ष मुनीका शेयर सदस्यहरुलाई नेपाल सरकारले लागू गरेको स्वास्थ्य विमा कार्यक्रम अन्तर्गत विमा गर्दै आएको सचिव चन्द्रबहादुर घिमिरेले बताउनुभयो ।

    कार्यक्रमका प्रमुख अतिथि संस्थाका निवर्तमान अध्यक्ष रमेश गिरीले उत्कृष्ट दिगो सहकारी बनाउने लक्ष्यलाई मूल मन्त्र सम्झेर संस्थाले आफ्ना गतिबिधीहरु अघि बढाएको बताउनुभयो । कार्यक्रम संस्थाका अध्यक्ष सञ्जय कुमार श्रेष्ठको अध्यक्षता र सचिव चन्द्र बहादुर घिमिरेको संचालनमा सम्पन्न भएको थियो ।



    myagdipress myagdipress    
  • २९ मंसिर २०८२ सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP