logo
  • २१ भाद्र २०८३, आईतवार | Sun, 06 Sep 2026
  • म्याग्दीमा ९२३ किशोरीलाई एचपिभी खोप लगाईने

    • myagdipress myagdipress
    • २५ माघ २०८२ आईतवार
    म्याग्दीमा ९२३ किशोरीलाई एचपिभी खोप लगाईने

    म्याग्दी । म्याग्दीमा यहि माघ २७ गते देखि फागुन ४ गतेसम्म किशोरीलाई पाठेघरको मुखको क्यान्सर रोकथामका लागि ह्युमन प्यापीलोमा भाइरस (एचपिभी) खोप दिइने भएको छ ।

    जिल्लामा ६ वटै स्थानीय तहमा निर्धारण गरिएको १ सय ३ वटा खोपकेन्द्रबाट ९२३ किसोरीहरुलाई खोप लगाईने भएको छ ।
    आइतबार जिल्लाका सञ्चारकर्मीहरूसँगको अन्तक्र्रिया कार्यक्रममा प्रदेश जनस्वास्थ्य कार्यालयका प्रमुख भुवन ठकुराठीले खोप अभियानका लागि स्वास्थ्यकर्मीको परिचालन, खोप केन्द्र निर्धारण,सरोकारवालाहरूसँगको समन्वय वैठक लगायतका सबै तयारी पूरा भएको बताउनुभयो ।

    प्रदेश जनस्वास्थ्य कार्यालयका प्रमुख ठकुराठीका अनुसार एक सय ५ वटा विद्यालयमा अध्ययन गर्ने छात्रा ९१३ जना र विद्यालय नजाने दस वर्ष भित्रका बालिका ६ र गत वर्ष खोप लगाउन छुटेका ७ देखि १० कक्षाको छात्रा र विद्यालय बाहिर रहेका ११ देखि १४ वर्ष भित्रका किशोरी ४ जना गरेर ९२३ जना किशोरीहरूलाई खोप लगाउने कार्यक्रम रहेको छ ।

    अभियानमा १०३ स्वास्थ्यकर्मी र १०७ जना स्वयंसेवकहरू परिचालन गरिने तयारी भएको सुनाउँदै खोप पूर्णरूपमा सुरक्षित रहेकाले कुनै शंका नगरि लगाउन जनस्वास्थ्य प्रमुख ठकुराठीले आग्रह गर्नुभयो ।

    बेनी नगरपालिकामा ३३४ जना, मङ्गलामा ११२, मालिकामा १७८, धवलागिरिमा १४१, रघुगङ्गामा ९१ र अन्नपूर्ण गाउँपालिकामा ६७ जना किशोरीहरूलाई एचपिभी खोप लगाइने स्वास्थ्य कार्यालयले जनाएको छ ।

    जिल्लाको संचारकर्मीहरुको उपस्थिति रहेको कार्यक्रममा नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्ष घनश्याम खड्काले मन्तव्य व्यक्त गर्नुभएको थियो भने परिवार नियोजन निरिक्षक गणेश सुवेदीले कार्यक्रमको संचालन गर्नुभएको थियो ।



    myagdipress myagdipress    
  • २५ माघ २०८२ आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP