logo
  • २१ भाद्र २०८३, आईतवार | Sun, 06 Sep 2026
  • नेपालको प्लेइङ ११ मा परेनन् सोमपाल, शेर मल्लको डेब्यू

    • myagdipress myagdipress
    • २५ माघ २०८२ आईतवार
    नेपालको प्लेइङ ११ मा परेनन् सोमपाल, शेर मल्लको डेब्यू

    काठमाडौं । टी २० विश्वकपको आफ्नो पहिलो म्याचमा नेपालले ईंग्ल्यान्डविरुद्ध पहिलो बलिङ गर्ने भएको छ ।

    ईंग्ल्यान्डले टस जितेर ब्याटिङ रोजेको हो । नेपालको प्लेइङ ११ मा अनुभवी बलर सोमपाल कामीले स्थान बनाउन सकेनन् ।

    नेपालले फास्ट बलिङमा करण केसी र नन्दन यादवलाई रोजेको छ । यस्तै स्पिन बलिङमा शेर मल्लले डेब्यू गर्दै छन् ।

    एनपीएलमा गरेको उत्कृष्ट प्रदर्शन पछि उनी टिममा परेका हुन् । २३ वर्षीय मल्लले एकैपटक विश्वकपबाट राष्ट्रिय टिममा डेब्यू गर्ने अवसर पाएका छन् । उनलाई समेट्न ललित राजवंशीलाई वेञ्चमा राखिएको छ ।

    टिममा लोकेश बमले पनि स्थान बनाएका छन् ।

    प्लेइङ–११

    रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, लोकश बम, गुल्सन झा, करण केसी, शेर मल्ल, नन्दन यादव र सन्दीप लामिछाने ।



    myagdipress myagdipress    
  • २५ माघ २०८२ आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP