काठमाडौं । आज प्रतितोला सुनको मूल्य ५ हजार ६ सयले बढेको छ ।
आइतबार ३ लाख २० हजार ५०० मा कारोबार भएको सुनको मूल्य ५ हजार ६ सयले बढेर ३ लाख २६ हजार १०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यस्तै, चाँदी प्रतितोला ३५ रुपैँयाले बढेर ६ हजार २० मा खरिदबिक्री भइरहेको छ ।
अन्तरराष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔंस पाँच हजार ३६२ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया