logo
  • २२ भाद्र २०८३, सोमबार | Mon, 07 Sep 2026
  • रामेछापमा निर्वाचन कर्मचारी सवार गाडी दुर्घटनाः एक प्रहरीको मृत्यु, ६ जना घाइते

    • myagdipress myagdipress
    • १८ फाल्गुन २०८२ सोमबार
    रामेछापमा निर्वाचन कर्मचारी सवार गाडी दुर्घटनाः एक प्रहरीको मृत्यु, ६ जना घाइते

    मन्थली । रामेछाप नगरपालिका–२ मा निर्वाचन सामग्री र निर्वाचनमा खटिने कर्मचारी बोकेको गाडी दुर्घटना भएको छ ।

    जिल्लाको साघुटारमा ना ४ ख ६७६८ नम्बरको गाडी दुर्घटना हुँदा एक जना प्रहरीको मृत्यु भएको र छ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक भोला भट्टले जानकारी दिए ।

    प्रहरी र स्थानीयद्वारा उद्धार कार्य भइरहेको र थप विवरण आउन बाँकी रहेको जनाइएको छ । गाडीमा मतदान अधिकृत, अन्य कर्मचारी र सुरक्षाकर्मी सवार थिए।–रासस



    myagdipress myagdipress    
  • १८ फाल्गुन २०८२ सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP