logo
  • ३ बैशाख २०८३, बिहीबार | Thu, 16 Apr 2026
  • मुस्ताङमा दुर्घटनामा परी निर्वाचनमा खटिएका एक कर्मचारीको मृत्यु

    • myagdipress myagdipress
    • १८ फाल्गुन २०८२ सोमबार
    मुस्ताङमा दुर्घटनामा परी निर्वाचनमा खटिएका एक कर्मचारीको मृत्यु

    मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा निर्वाचनमा खटिएका कर्मचारीको मृत्यु भएको छ । थासाङ गाउँपालिका–२ खन्तीमा ग ७ प १४८६ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मुस्ताङ भन्सार कार्यालयका कर्मचारी ३२ वर्षीय सुनिल घतानेको मृत्यु भएको हो ।

    आइतबार राति ८ बजे दुर्घटनामा परेर गम्भीर घाईते भएका घतानेको उपचारका लागि प्रदेश अस्पताल मुस्ताङ ल्याउँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायव उपरीक्षक छिरिङकिप्पा लामाले जानकारी दिनुभयो। घतानेको शवलाई मुस्ताङ अस्पतालमै राखिएको उहाँको भनाइ छ ।

    घताने प्रतिनिधिसभा निर्वाचनमा बारागुङ मुक्तिक्षेत्र गाउँपालिका वडा नम्बर २ को झोङमा निर्वाचनका लागि खटिएका थिए । जनप्रिय आधारभूत विद्यालय झोङ मतदान केन्द्रमा खटिएका कर्मचारीको मृत्यु भएपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले उहाँको सट्टामा अर्को कर्मचारी खटाएको जनाएको छ ।



    myagdipress myagdipress    
  • १८ फाल्गुन २०८२ सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP