logo
  • २१ भाद्र २०८३, आईतवार | Sun, 06 Sep 2026
  • रास्वपा म्याग्दीले जेठ महिनाभित्र वडा अधिवेशन गर्न जिम्मेवारी तोक्यो

    • myagdipress myagdipress
    • १३ बैशाख २०८३ आईतवार
    रास्वपा म्याग्दीले जेठ महिनाभित्र वडा अधिवेशन गर्न जिम्मेवारी तोक्यो

    म्याग्दी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) म्याग्दीले आउँदो जेठ महिनाभित्र वडा अधिवेशन सम्पन्न गर्ने भएको छ । शनिबार बेनीमा सम्पन्न ११औँ पूर्ण बैठकले जेठ महिना भित्र जिल्लाका ४५ वटै वडामा अधिवेशन सम्पन्न गर्ने निर्णय गरको हो ।

    जिल्ला सभापति यूवराज रोकाले जिल्लाका ६ वटै स्थानीय तहमा वडा अधिवेशन सम्पन्न गर्ने गरि जिम्मेवारी दिईएको बताउनुभयो। निर्वाचनपछिको अवस्थाको समीक्षासंगै वडा अधिवेशन सुरु गर्ने निर्णय गरिएको उहाँले बताउनुभयो ।

    प्रत्येक वडामा एक सभापतिसहित ११ सदस्यीय वडा समिति गठन गरिनेछ । ११ जनामध्ये कम्तीमा चार महिला सदस्य अनिवार्य गरेको छ । चार जनामध्ये पनि एक जना अनिवार्यरुपमा दलित महिलाको व्यवस्था गरिएको छ । २ जना ४५ वर्षमुनिका युवा हुनुपर्छ । बैठकले जिल्लाका समस्यालाई लिएर केन्द्रसम्म डेलिगेशन पठाउने तयारी समेत गरेको छ ।

    जिल्ला सचिव राजाराम बरुवालले पार्टी संगठनलाई थप सुदृढ र सक्रिय बनाउन जिल्ला, पालिका तथा वडा तहका समितिहरूलाई लक्षित गरी प्रशिक्षण कार्यक्रम समेत सञ्चालन गरेको बताउनुभयो । रास्वपाका नेता दिपक श्रेष्ठले दिनुभएको प्रशिक्षणमा संगठन विस्तार, कार्यशैली सुधार तथा पार्टीका नीति–दर्शनका विषयमा विशेष जोड दिइएको सहभागीहरूले बताएका छन्। पार्टीले समयमै वडा अधिवेशन सम्पन्न गरी संगठनलाई थप व्यवस्थित र सशक्त बनाउने लक्ष्य लिएको जनाएको छ।



    myagdipress myagdipress    
  • १३ बैशाख २०८३ आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP