पूर्वमन्त्री शिक्षा मन्त्री तथा प्रतिनिधि सभा सदस्य महावीर पुनले सम्पत्ति विवरण सार्वजनिक गर्नुभएको छ । उहाँले आफूसँग करिब तीन तोला सुन र कास्कीको पोखरा महानगरपालिका वडा नम्बर ७ माझठानामा चार ठाउँमा करिब २८ रोपनी जग्गा रहेको उल्लेख गर्नुभएको छ ।
सो जग्गा जम्मा २०५२ सालमा जम्मा ४ लाख जतिमा पदम पुनसँग मिलेर किनेको उहाँको विवरणमा देखिन्छ । जग्गा प्राप्तिको स्रोतमा उहाँले स्वआर्जन (अमेरिकाबाट फर्किंदा बचेको पैसा) भनि उल्लेख गर्नुभएको छ । सो जग्गा राष्ट्रिय आविष्कार केन्द्र सन्चालनका लागि बिक्रीमा राखेको तर अझै नबिकेको उहाँको भनाइ छ ।
सांसद पुनले आफु संग करिब तीन तोला सुन भएको उल्लेख गर्नुभएको छ । उक्त सुनको श्रोत भने श्रीमतीलाई इष्टमित्रहरुले ‘उपहार दिएको’ जनाउनुभएको छ ।

प्रतिक्रिया