logo
  • २० जेष्ठ २०८३, बुधबार | Wed, 03 Jun 2026
  • कच्चा तेलको मूल्य चार वर्षयताकै उच्च

    • myagdipress myagdipress
    • १७ बैशाख २०८३ बिहीबार
    कच्चा तेलको मूल्य चार वर्षयताकै उच्च

    १७ वैशाख, काठमाडौं । अमेरिका र इजरायलले इरानमा आक्रमण सुरु गरेपछि जारी तनावका कारण कच्चा तेलको मूल्य चार वर्षयताकै उच्च भएको छ । ताजा आकडा अनुसार कच्चा तेलको मूल्य ११९।७६ डलर प्रतिब्यारेल पुगेको छ । यो सन् २०२२ को जुन महिनायताकै सबैभन्दा उच्च मूल्य हो ।

    रुस–युक्रेन युद्धका कारण सन् २०२२ को फेब्रुअरी–मार्च तिर कच्चा तेलको मूल्य बढेर करिब १३० डलर प्रतिब्यारेलसम्म पुगेको थियो ।

    द गार्जियनका अनुसार कच्चा तेलको मूल्य अहिले उच्च हुनुमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पछिल्लो अभिव्यक्ति पनि एक कारण हो । ट्रम्पले इरानका बन्दरगाहहरुमा सैन्य नाकाबन्दी जारी राख्ने अभिव्यक्ति दिएका थिए । ट्रम्पले इरान आफ्नो परमाणु बन्द गर्ने सम्झौताका लागि तयार नभएसम्म नाकाबन्दी जारी रहने बताएका छन् ।

    यसको सिधा असर स्ट्रेट अफ होर्मुज समुद्री मार्गमा परेको छ । इरान नियन्त्रित स्ट्रेट अफ होर्मुज विश्वभर तेल ढुवानी हुने महत्वपूर्ण जलमार्ग हो । यहाँ अमेरिका र इरानबीच बेलाबेला आक्रमणका घटना हुँदै आएका छन् । असुरक्षाका कारण सयौं तेल ट्यांकरहरु र पानी जहाजहरु अलपत्र छन् । जसका कारण विश्वभर तेल र ग्याँसको ढुवानी प्रभावित हुँदा महँगी बढेको छ ।

    तनाव अन्त्यका लागि अमेरिका र इरानका प्रतिनिधिबीच पाकिस्तानमा वार्ताको पहल भइरहे पनि परिणाममुखी हुन सकेको छैन ।onlinekhabar



    myagdipress myagdipress    
  • १७ बैशाख २०८३ बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP