म्याग्दी । विद्यामन्दिर आधारभूत विद्यालय, बेनपा ६, जामुनाखर्कमा विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ एवं सल्लाहकार समिति गठन गरिएको छ।
आज भएको शिक्षक अभिभावकको भेलाले आफ्नो कार्यकाल पूरा गरेका समितिहरूलाई बिदाइ गर्दै नयाँ कार्यसमिति चयन गरिएको हो
जस अन्तर्गत विद्यालय व्यवस्थापन समितिमा अध्यक्षमा राधिका विश्वकर्मा (जनप्रतिनिधि), सदस्य सचिव प्रधानाध्यापक धनबहादुर राना र सदस्यमा बाबुराम सुवेदी, लक्ष्मी विश्वकर्मा, नवीन हमाल, ठाकुरप्रसाद पौडेल र कल्पना सुवेदी रहनु भएको छ।
त्यसै गरि शिक्षक अभिभावक संघको अध्यक्षमा भगवति सुवेदी, सदस्य सचिवमा रेणु रेग्मी सुवेदी र सदस्यमा सुशीला विश्वकर्मा, पार्वती मिजार र पुर्णबहादुर विश्वकर्मा रहनु भएको छ ।

यसैगरी समाजसेवी छविलाल विश्वकर्माको नेतृत्वमा सल्लाहकार समिति गठन गरिएको छ। जसमा चिन्तामणि शर्मा, सुवास विश्वकर्मा, प्रेमप्रसाद सुवेदी, विकास विश्वकर्मा, टेकबहादुर विश्वकर्मा र हर्कबहादुर विश्वकर्मा सदस्य रहनुभएको छ।
यसै सन्दर्भमा विद्यालयको आवश्यकतानुसार शैक्षिक सत्र २०८२ मा विद्यालयमा अध्यापन गराउनु भएका शिक्षक श्री केशव शाहीलाई सम्मान गरिएको थियो ।
पुराना समितिलाई बिदाइ गर्दै नयाँ समिति गठन गरिएको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुवास विश्वकर्माको अध्यक्षता, समाजसेवी छविलाल विश्वकर्माको विशेष आतिथ्यता, प्रधानाध्यापक धनबहादुर रानाको स्वागत मन्तव्य र शिक्षक ठाकुरप्रसाद पौडेलको सञ्चालन रहेको थियो भने स्थानीय विकास विश्वकर्मा लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो। यसै शिलशीलामा यस विद्यालयबाट कक्षा तीन, चार र पाँच उत्तीर्ण गरेका विद्यार्थीलाई पुरस्कृत गरिएको थियो।

प्रतिक्रिया