logo
  • २१ भाद्र २०८३, आईतवार | Sun, 06 Sep 2026
  • तातोपानी कुण्डको प्रचारमा राष्ट्रिय सेवा दलः क्याडेटद्वारा सामुदायिक सेवा

    • myagdipress myagdipress
    • २१ असार २०८३ आईतवार
    तातोपानी कुण्डको प्रचारमा राष्ट्रिय सेवा दलः क्याडेटद्वारा सामुदायिक सेवा

    ध्रुवसागर शर्मा
    म्याग्दी, २१ असार
    प्राकृतिक चिकित्सालयको रूपमा ख्याति कमाएको म्याग्दीको प्रसिद्ध तातोपानी कुण्डको प्रचार–प्रसार तथा प्रवद्र्धनका लागि राष्ट्रिय सेवा दल ९एनसीसी० ले विशेष अभियान सुरु गरेको छ । राष्ट्रिय सेवा दलमा आबद्ध माउण्ट एभरेष्ट आवासीय मावि, बेनीका क्याडेटहरूले आइतबार तातोपानी कुण्ड परिसरमा एक विशेष सामुदायिक सेवा कार्यक्रम सम्पन्न गरेका छन् ।

    नेपाली सेनाको गुरु गोरख गुल्म, अर्थुङ्गे म्याग्दीको समन्वयमा जिल्लाभरिका विद्यालयहरूमध्ये माउण्ट एभरेष्ट आवासीय माविलाई छनोट गरी असार १ गतेदेखि यो विशेष तालिम तथा सामाजिक कार्यको थालनी गरिएको हो ।

    पाँच चरणमा सामाजिक कार्यक्रम गरिने
    एनसीसी ५२ औँ ब्याचका क्याडेटहरूका लागि आयोजित यस तीन महिने ’एनसीसी जुनियर डिभिजन तालिम’ अन्तर्गत पाँच चरणमा विभिन्न सामुदायिक सेवाका कार्यक्रमहरू सञ्चालन गरिने गुरु गोरख गुल्मका प्रशिक्षक एवम् जमदार चन्द्रप्रसाद पौडेलले जानकारी दिनुभयो ।
    सोही अवसरमा तातोपानी कुण्ड व्यवस्थापन समितिका अध्यक्ष कृष्ण खड्काले तातोपानी कुण्डको प्राकृतिक उपचार पद्धतिको महत्वको बारेमा प्रकाश पार्नुभयो । उहाँले भन्नुभयोः“तातोपानी कुण्ड एक प्राकृतिक चिकित्सालय हो । यसको अझ बढी प्रभावकारी व्यवस्थापनका लागि समितिले विभिन्न व्यक्ति, सङ्घसंस्था तथा सरोकारवाला निकायहरूसँग निरन्तर समन्वय गरिरहेको छ ।”

    तालिममा सहभागी विद्यार्थीहरूले समुदायसँग प्रत्यक्ष जोडिएर काम गर्दा व्यावहारिक ज्ञान मिल्ने बताउँदै अध्यक्ष खड्काले तातोपानीमा यस्तो उदाहरणीय कार्यक्रम आयोजना गरेकोमा विद्यालय परिवारलाई धन्यवाद समेत ज्ञापन गर्नुभयो । सोही अवसरमा विद्यालयको तर्फबाट कुण्ड व्यवस्थापन समितिलाई पाँच थान डस्टबिन ९फोहोर संकलन भाँडो० समेत हस्तान्तरण गरिएको थियो ।

    देशप्रति समर्पित युवा जनशक्ति तयार पार्ने लक्ष्य
    नेपाली सेनाका अनुसार यस तालिमको मुख्य उद्देश्य विद्यार्थीहरूको शारीरिक र मानसिक क्षमता अभिवृद्धि गर्दै उनीहरूलाई अनुशासित, बफादार र देशप्रति समर्पित नागरिक बनाउनु हो । जुनियर डिभिजनतर्फको यस तालिममा कक्षा ८ देखि १० सम्मका ३० जना छात्रछात्राहरू सहभागी छन् ।

    ‘अनुशासन नै राष्ट्र सेवाको मूल जग हो’ भन्ने आदर्श वाक्यलाई आत्मसाथ गर्दै युवा विद्यार्थीहरूको चरित्र निर्माण, नेतृत्व गुण, खेलकुद भावना र निःस्वार्थ सेवा भावको विकास गर्न यो तालिम महत्वपूर्ण सावित हुने गुल्मपति बस्नेतले बताउनुभयो।

    यस्तो रहनेछ १०० दिने प्रशिक्षणको खाकाः

    विद्यालय तहमा प्रशिक्षणः ७९ दिनसम्म विद्यालय परिसरमै नियमित प्रशिक्षण सञ्चालन हुने ।

    विशेष आवासीय क्याम्पः बाँकी २१ दिन क्याडेटहरूका लागि नेपाली सेनाको नवलपरासीस्थित ब्यारेकमा विशेष बन्दोबस्तसहितको प्रशिक्षण दिइने ।

    दर्ज्यानी चिह्न प्रदानः १०० दिनको कडा प्रशिक्षण र सम्पूर्ण चरणहरू सफलतापूर्वक पार गरेपछि क्याडेटहरूलाई योग्यताअनुसारको दर्ज्यानी चिह्न प्रदान गरिने ।

    तालिम अवधिमा क्याडेटहरूलाई शारीरिक सुगठन  पिटी, ड्रिल, एरोबिक्स, हतियार सञ्चालन ९एसएलआर फायरिङ र मर्मतसम्भार०, पर्खाल चढ्ने ९वाम क्लाइम्बिङ०, घोडचढी, पौडी, वक्तृत्वकला, ’स्यान्ड मोडेल ब्रिफिङ’ र सांस्कृतिक कार्यक्रमहरूमा दक्ष बनाइनेछ ।



    myagdipress myagdipress    
  • २१ असार २०८३ आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP