logo
  • २२ भाद्र २०८३, सोमबार | Mon, 07 Sep 2026
  • पहिरोमा परि भकिम्लीमा एकको मृत्यु, धारापानीमा एक महिलाको जिवितै उद्धार

    • myagdipress myagdipress
    • ११ श्रावण २०८३ सोमबार
    पहिरोमा परि भकिम्लीमा एकको मृत्यु, धारापानीमा एक महिलाको जिवितै उद्धार

    म्याग्दी । म्याग्दीमा गयराति परेको अविरल वर्षापछि खसेको पहिरोले दुई घर पुरिँदा एक जनाको मृत्यु भएको छ। पहिरोले बेनी नगरपालिका–३, भकिम्ली चिनाखेत स्थित एक घर पुरिँदा ७० वर्षीय लालवीर छन्त्यालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी प्रहरी निरीक्षक सागर तिमिल्सिनाले जानकारी दिनुभयो। घरमाथिबाट पहिरो आई घर सहित छन्त्याललाई बगाएको थियो ।

    उहाँका अनुसार घर पुरिएपछि रातिदेखि बेपत्ता भएका छन्त्यालको शव सोमबार बिहान फेला परेको हो। घटनामा अन्य पशुचौपाया समेतको क्षति भएको छ ।

    त्यसैगरी, धवलागिरि गाउँपालिका–७, धारापानी तल्लो हाँडेभिरमा पनि पहिरोले एक घरमा क्षति पु¥याएको छ । घरभित्रै सुतिरहेको अवस्थामा पहिरो खसेपछि पुरिएकी ६३ वर्षकी धन कुमारी थापालाई प्रहरी र स्थानीयबासीले सकुसल उद्धार गरेका छन ।



    myagdipress myagdipress    
  • ११ श्रावण २०८३ सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP