म्याग्दी प्रवासी नेपाली संघ मोना दक्षिण कोरियाको अध्यक्षमा दिनेश कार्की चयन हुनुभएको छ । मोना कोरियाको १५औं अधिवेशनबाट बेनी नगरपालिका–५, डडुवाका दिनेश कार्कीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो ।
आईतवार सम्पन्न भएको अधिवेशनबाट बरिष्ठ उपाध्यक्षमा गणेश बोगटी,उपाध्यक्षमा राहुल छन्त्याल, महासचिवमा प्रेम भण्डारी,सचिवमा अंकित पुन मगर र कोषाध्यक्षमा भगवान कार्की चयन हुनुभएको छ ।
त्यसैगरी सदस्यहरुमा राजेन्द्र शाही, आर्यन खड्का, प्रदिप बानियाँ,अर्जुन भण्डारी, कबिता पुन,गंगा पुन, चन्दा घर्ति मगर, मनु पुर्जा र रमेश कार्की रहनुभएको छ ।
मोना कोरियाले जिल्लाको विकास, तथा विपतहरुमा सघाउदै आएको छ भने कोरियामा रहेका म्याग्देलीहरुलाई आवश्यक सहयोग र समन्वय समेत गर्दै आएको छ ।

प्रतिक्रिया