logo
  • २१ भाद्र २०८३, आईतवार | Sun, 06 Sep 2026
  • टीयू मैदान वरपर भिडभाड नगर्न प्रहरीको अनुरोध

    • myagdipress myagdipress
    • १ मंसिर २०८२ सोमबार
    टीयू मैदान वरपर भिडभाड नगर्न प्रहरीको अनुरोध

    कीर्तिपुरस्थित टीयु क्रिकेट मैदान क्षेत्र वरिपर भिडभाड नगरी सुरक्षा व्यवस्थापनमा सहयोग गर्न प्रहरीले अनुरोध गरेको छ ।

    जिल्ला प्रहरी परिसर, काठमाडौंले एक सूचना जारी गर्दै एनपीएल दोस्रो संस्करणको पहिलो दिनको सबै टिकट बिक्री भइसकेकाले टिकट नभएकाहरू आफ्नो अनुकूल स्थानमै रहेर हेर्न र खेल स्थलको बाहिर भिडभाड नगर्न अनुरोध गरेको हो ।

    दोस्रो संस्करणको एनपीएल आजदेखि सुरु हुँदैछ । पहिलो खेल साविक विजेता जनकपुर बोल्ट्स र काठमाण्डु गोर्खाजबीच दिउँसो ४ बजेबाट सुरू हुनेछ ।



    myagdipress myagdipress    
  • १ मंसिर २०८२ सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP