logo
  • २२ चैत्र २०८२, आईतवार | Sun, 05 Apr 2026
  • सांसदहरुको शपथ ग्रहण

    • myagdipress myagdipress
    • १२ चैत्र २०८२ बिहीबार
    सांसदहरुको शपथ ग्रहण

    काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले शपथ ग्रहण गरेका छन्। आज सिंहदरबारस्थित नयाँ संसद् भवनमा आयोजित समारोहमा उनीहरूले पद तथा गोपनीयताको शपथ लिएका हुन्।

    संसद्का ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले प्रतिनिधिसभाका २७४ जना सांसदलाई शपथ गराएका हुन् । तीमध्ये ४७ जना सांसदहरूले १७ मातृभाषामा शपथ लिएका छन्।उनीहरु आ–आफ्नो भेषभूषामा सजिएर आएका थिए । प्रतिनिधिसभाको मुख्य हल निर्माण नभएका कारण बहुउद्देश्यीय हलमा शपथको कार्यक्रम राखिएको संसद सचिवालयले जनाएको छ ।

    ज्येष्ठ सदस्य केसीले बुधबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका थिए । नेपालको संविधानको धारा ९९ र ९१ को उपधारा ५ तथा प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम पद तथा गोपनीयताको शपथ लिने व्यवस्था छ ।

    गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले १८२, नेपाली कांग्रेसले ३८, नेकपा ९एमाले०ले २५, नेपाली कम्युनिस्ट पार्टीले १७, श्रम संस्कृति पार्टीेले सात र राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच सिट प्राप्त गरेका छन् ।



    myagdipress myagdipress    
  • १२ चैत्र २०८२ बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP