logo
  • १२ श्रावण २०८३, मंगलवार | Tue, 28 Jul 2026
  • प्रदेश स्तरीय प्रतियोगितामा सहभागी खेलाडी र प्रशिक्षकलाई सम्मान

    • myagdipress myagdipress
    • २२ श्रावण २०८२ बिहीबार
    प्रदेश स्तरीय प्रतियोगितामा सहभागी खेलाडी र प्रशिक्षकलाई सम्मान

    जिल्ला खेलकुद विकास समिति म्याग्दीले विभिन्न प्रतियोगिताका विजेता खेलाडी र प्रशिक्षकलाई सम्मान गरेको छ । बुधबार खेलकुद विकास समितिको सभाहलमा आयोजित कार्यक्रममा प्रदेशस्तरीय प्रतियोगिताका स्वर्ण, रजत र काँस्य पदक जित्ने खेलाडीलाई नेपाल सरकारका उर्जा,जलस्रोत तथा सिचाइ राज्यमन्त्री खमबहादुर गर्बुजाले सम्मान गर्नुभएको थियो ।

    मार्सल आट, भलिबल, ब्याडमिन्टन खेलमा गण्डकी प्रदेशमा स्वर्ण, रजत र काँस्य पदक जित्ने खेलाडीलाई क्रमश क्रमश ३ हजार, २ हजार र १ हजार नगद, सम्मानपत्रले सम्मान गरिएको थियो । ७७ जना सम्मानित हुनेमा १३ जना अफिसियल बाहेक ६४ जना खेलाडी रहेका छन् ।
    गोरखामा सम्पन्न भएको १६ औँ गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डमा म्याग्दी ११ स्वर्ण, ७ रजत र ९ कास्य पदक जितेर दोस्रो भएको थियो । सम्मान कार्यक्रममा बोल्दै प्रमुख अतिथि राज्यमन्त्री गर्बुजाले खेलकुद र राजनीतिमा हारजित हुने बताउँदै आफ्नो लक्ष्य प्राप्तीका लागि निरन्तर लाग्नुपर्ने बताउनुभयो ।

    ‘खेलाडीले हारबाटै जितको सपना देख्नुपर्छ, खेलक्षेत्रमा लागेकालाई घाटा हुदैन’ राज्यमन्त्री गर्बुजाले भन्नुभयो । सोही अवसरमा राष्ट्रि«य महिला भलिबल टिमकी कप्तान अरुणा शाहीलाई नगद १५ हजार, दोसल्लाले सम्मान गरिएको थियो भने गण्डकी प्रदेश महिला भलिबल टिमकी काजोल छन्त्याललाई नगद ५ हजार, सम्मानपत्रले सम्मान गरिएको थियो ।

    सम्मान कार्यक्रममा जिल्ला भलिबल संघका अध्यक्ष तेजेन्द्र बानियाँ, नेपाल पत्रकार महासंघ म्याग्दीका अध्यक्ष हरिकृष्ण गौतमले मन्तब्य राख्नुभएको थियो । खेलाडी, अफिसियल सम्मान कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल, प्रहरी नायव उपरीक्षक सुर्य थापा, राष्ट्रि«य अनुसन्धान कार्यालयका प्रमुख विजय पौडेल, शसस्त्र प्रहरी बल गलेश्वरका प्रहरी नायब उपरीक्षक लीलाबहादुर भुजेल, विभिन्न संघसंस्थाका प्रतिनिधि सहित खेलाडीको उपस्थिती रहेको थियो । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सुमन श्रेष्ठको अध्यक्षता, उपाध्यक्ष विष्णु रोकाको स्वागत र सचिव कुमार किसानको सञ्चालनमा सम्पन्न भएको थियो ।



    myagdipress myagdipress    
  • २२ श्रावण २०८२ बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP