logo
  • २२ चैत्र २०८२, आईतवार | Sun, 05 Apr 2026
  • सुनको मूल्य ह्वात्तै बढ्यो, आज कतिमा हुँदैछ कारोबार?

    • myagdipress myagdipress
    • १७ चैत्र २०८२ मंगलवार
    सुनको मूल्य ह्वात्तै बढ्यो, आज कतिमा हुँदैछ कारोबार?

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आजका लागि छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९० हजार २०० रुपैयाँ तोकिएको छ। अघिल्लो दिन अर्थात् सोमबार सुन प्रतितोला २ लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

    त्यसैगरी, आज १० ग्राम सुनको मूल्य २ लाख ४८ हजार ८०० रुपैयाँ कायम भएको छ। सोमबार १० ग्राम सुनको मूल्य २ लाख ४३ हजार ०५५ रुपैयाँ रहेको थियो।

    सुनसँगै आज चाँदीको मूल्यमा पनि उच्च वृद्धि भएको छ। आज चाँदीको मूल्य प्रतितोला १४५ रुपैयाँले बढेर ४ हजार ८४५ रुपैयाँ पुगेको छ। सोमबार चाँदी प्रतितोला ४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।

    यस्तै, आज १० ग्राम चाँदीको मूल्य ४ हजार १५४ रुपैयाँ तोकिएको छ, जुन अघिल्लो दिन ४ हजार ०३० रुपैयाँ रहेको थियो। अन्तर्राष्ट्रिय बजारमा देखिएको प्रभावका कारण स्थानीय बजारमा पनि सुनचाँदीको मूल्यमा उतारचढाव आएको महासंघले जनाएको छ।



    myagdipress myagdipress    
  • १७ चैत्र २०८२ मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP