logo
  • २२ चैत्र २०८२, आईतवार | Sun, 05 Apr 2026
  • मंगलध्वनि र शंखनादपछि १२ः३४ को शुभसाइतमा बालेनले लिए प्रधानमन्त्रीको शपथ

    • myagdipress myagdipress
    • १३ चैत्र २०८२ शुक्रबार
    मंगलध्वनि र शंखनादपछि १२ः३४ को शुभसाइतमा बालेनले लिए प्रधानमन्त्रीको शपथ

    काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले १२ः३४ को शुभसाइतमा शपथग्रहण गरेका छन् । राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजना गरिएको विशेष समारोहमा उनले पद तथा गोपनीयताको शपथ लिए ।

    शपथग्रहणका लागि ज्योतिषीलाई साइत हेराएर  १२ः३४ को समय तय गरिएको थियो । ठ्याक्कै त्यही समयमा प्रधानमन्त्रीको शपथ ग्रहण सुरू गरियो ।

    प्रधानमन्त्रीको शपथ ग्रहण समारोह यसपटक परम्परागतभन्दा केही पृथक रह्यो । शपथअघि सात जना ब्राम्हण पुजारीले मन्त्रोच्चारणका साथ संखध्वनी गरेका थिए । १०७ जना बटुक र १०७ जना बौद्ध लामाहरूले मंगलवाचन पाठ गरेर कार्यक्रममा आध्यात्मिक माहोल सिर्जना गरे ।

    शाहको शपथ समारोहका लागि तयार मञ्चमा लिम्बू समुदायको मौलिक सांस्कृतिक प्रतीक सिलाम साक्मा राखिएको छ । सिलाम साक्मा मृत्युको बाटो छेक्ने र सुरक्षा कवचको रूपमा विश्वास गरिन्छ । घरमा यसको प्रतिमा राख्दा प्राकृतिक विपत्तिबाट जोगिने विश्वास छ ।

    संसदको सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतमा राष्ट्रपति रामचन्द्र पौडेलले बालेनलाई संविधानको धारा ७६ को उपधारा १ बमोजिम प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् ।



    myagdipress myagdipress    
  • १३ चैत्र २०८२ शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP