logo
  • २२ चैत्र २०८२, आईतवार | Sun, 05 Apr 2026
  • फेवाताल किनाराका संरचनामा पोखरा महानगरले डोजर चलाएपछि स्थानीयको विरोध

    • myagdipress myagdipress
    • २१ चैत्र २०८२ शनिबार
    फेवाताल किनाराका संरचनामा पोखरा महानगरले डोजर चलाएपछि स्थानीयको विरोध

    पोखरा । पोखरा महानगरपालिका ले फेवाताल छेउछाउमा बनाइएका टहरामा डोजर चलाएपछि स्थानीयवासीले विरोध जनाएका छन्।

    शनिबार बिहानै महानगरपालिकाले अतिक्रमण हटाउने अभियानअन्तर्गत टहरा भत्काउन सुरु गरेपछि प्रभावित स्थानीयले सडक अवरुद्ध गर्दै विरोध प्रदर्शन गरेका हुन्। डोजर चलाइएपछि व्यवसाय र जीविकोपार्जनमा असर परेको भन्दै स्थानीय आक्रोशित बनेका छन्।

    विरोधका कारण सडक आवागमनसमेत प्रभावित भएको छ ।

    फेवाताल संरक्षण तथा अतिक्रमण नियन्त्रणका लागि महानगरले अभियान चलाएको बताउँदै आएको छ भने स्थानीयले भने वैकल्पिक व्यवस्था बिना संरचना भत्काइएको भन्दै असन्तुष्टि जनाएका छन्।



    myagdipress myagdipress    
  • २१ चैत्र २०८२ शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP