logo
  • २० जेष्ठ २०८३, बुधबार | Wed, 03 Jun 2026
  • नेप्टेचौरमा असोज ६ गतेदेखि तेस्रो वडा अध्यक्ष तथा प्रथम नेप्टेचौर कप हुने

    • myagdipress myagdipress
    • ३१ भाद्र २०८२ मंगलवार
    नेप्टेचौरमा असोज ६ गतेदेखि तेस्रो वडा अध्यक्ष तथा प्रथम नेप्टेचौर कप हुने

    म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–९ नेप्टेचौरमा तेस्रो वडा अध्यक्ष कप तथा प्रथम नेप्टेचौर कप खेलकुद प्रतियोगिता आयोजना हुने भएको छ । वडा कार्यालयको आर्थिक सहयोग तथा जनहित युथ क्लवको आयोजनामा यहि असोज ६ गतेदेखि विविध खेलकुद तथा साँस्कृतिक कार्यक्रम संचालन हुने भएको हो ।

    बिजयादशमी तथा शुभ दिपावली पर्वको अवसरमा पुरुष, महिला भलिबल, आमा समूह स्तरीय नृत्य, पञ्जेबाजा, खुल्ला नृत्य, महिला लठो तान्ने र छेलो फाल्ने प्रतियोगिता आयोजना गरी तेस्रो वडा अध्यक्ष कप, प्रथम नेप्टेचौर कप खेलकुद प्रतियोगिता २०८२ आयोजना गरिने भएको हो ।

    वडाको खेलकुद विकासका लागि वडा कार्यालयले पछिल्लो तीन वर्षयता फरक फरक बस्तिमा वडा अध्यक्ष कप खेलकुद प्रतियोगिता सञ्चालन गर्दै आएको छ । उक्त प्रतियोगितामा पुरुष भलिबलमा बिजेतालाई रु. एक लाख ११ हजार एक सय ११ र उपबिजेतालाई रु. ६६ हजार छ सय ६६ नगद पुरस्कारको साथै ट्रफी, मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको क्लवका अध्यक्ष विपिन चोखालले बताउनुभयो ।

    त्यस्तै २० वर्ष भन्दा कम उमेर समूहको भलिबल प्रतियोगिताको बिजेतालाई रु. ४५ हजार पाँच सय ५५ र उपबिजेतालाई रु. २५ हजार पाँच सय ५५ पुरस्कारको व्यवस्था गरिएको छ । पौढ भलिबलको बिजेतालाई रु. ८८ हजार आठ सय ८८ र उपबिजेतालाई रु. ५५ हजार पाँच सय ५५ पुरस्कार सहित ट्रफी, मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको क्लब अध्यक्ष विविन चोखालले जानकारी दिनुभयो ।

    साथमा वडामा रहेका आमा समुहका लागि अन्तर आमा समुह नृत्य प्रतियोगिता, बन्चेबाजा प्रतियोगिता र महिला, पुरुष छेलो प्रतियोगताको आयोजना गरिएको मेला संयोजक बिजय चोखालले जानकारी दिनुभयो । लोकेन्द्र खड्काको नेतृत्वमा आर्थिक र नारायण कार्कीको नेतृत्वमा खेलकुद व्यवस्थापन उपसमिति गठन गरिएको छ ।

    त्यस्तै बिजय चोखाललाई मेला संयोजक र सुरेश चोखाललाई सांस्कृतिक संयोजकको जिम्मेवारी दिएर तयारीलाई तिब्र पारिएको छ ।
    खेलकुदको विकास र खेल प्रतिभा पहिचानका लागि वडा अध्यक्ष कपले सहयोग पुग्ने बेनी नगरपालिका–९ का वडा अध्यक्ष चक्र केसीले बताउनुभयो । ‘यस वडाबाट राष्ट्रिय स्तरका खेलाडी उत्पादन भएका छन, त्यसका लागि पनि हामीले वडामा खेलकुद प्रतियोगिता गर्दै आएका छौँ, केसीले भन्नुभयो ।

    वडा अध्यक्ष कपको अवसरमा साँझ ५ देखि ८ बजेसम्म राष्ट्रिय तथा स्थानीय कलाकारहरुको सांगीतिक प्रस्तुती रहने छ ।
    कार्यक्रममा चर्चित लोक दोहोरी गायीका शान्तारानी परियार, रवि कार्की, चोलेन्द्र पौडेल, सम्भोज मल्ल, माया गुरुङ, अमित विश्वकर्मा, ध्रुव जिसी, मन्जु विक, कृष्ण सुवेदी लगायतका कलाकारहरुले प्रस्तुति दिनेछन ।



    myagdipress myagdipress    
  • ३१ भाद्र २०८२ मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP