म्याग्दी । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेकपा (एमाले) म्याग्दीका उम्मेदवार हरिकृष्ण श्रेष्ठले सोमबार मंगला गाउँपालिकाको विभिन्न बस्तीमा पुगेर ममतदाताहरुसँग भेटघाट गर्नुभएको छ । मंगला गापा–४, धापुङ, सोलधारा, त्यस्तै ज्यामिरे, लाम्पाटामा रहेका मतदातासँग घरदैलो गरि भेटघाट गर्नुभएको हो ।
‘म्याग्दीलाई हिमाली जिल्ला घोषणा पनि हाम्रो प्रयासमा भएको थियो, अहिले घोषणासँगै कार्यान्वयनको चरणमा छ, हामीले हिमाली जिल्लाको सबै सुविधा ल्याउन निरन्तर दवाब दिइरहेका छौ, पश्चिम म्याग्दीका विकास निर्माणको सुरुवातकर्ता नै एमाले हो’ उम्मेदवार श्रेष्ठले भन्नुभयो । नेकपा एमालेले बेनी नगरपालिका, रघुगंगा सहित पश्चिम म्याग्दीमा चुनावी अभियान एकसाथ अगाडी बढाइरहेको छ ।

नेकपा एमालेले डिपिआर सहित तयार गरेका भौतिक संरचनाहरुले अहिले गति लिएको बताउँदै केवल आश्वासन होइन, काम गरेर देखाउने संकल्पका साथ मैदानमा आएको उम्मेदवार श्रेष्ठको भनाई छ ।
अभियानमा समानुपातिकतर्फकी उम्मेदवार नरदेवी पुनले आफु सांसद तथा मन्त्री समेत हुदाँको समयमा मंगला गाउँपालिका भित्र धेरै योजना भित्रिएको बताउनुभयो । बेनी दरबाङ सडकखण्ड अपुरो हुदाँ आफ्नो कार्यकालमा कालोपत्रे सहितको योजना भित्रिएको बताउनुभयो । नेकपा एमालेले जनभावना अनुसारका काम गर्दै आएकाले जनताको रोजाईको पार्टी एमाले भएको उहाँको भनाई थियो ।
प्रतिक्रिया