logo
  • ३ बैशाख २०८३, बिहीबार | Thu, 16 Apr 2026
  • लायन्स क्लव अफ बेनी लभ्लिहिलको रक्तदानः २४ युनिट संकलन

    • myagdipress myagdipress
    • ३ आश्विन २०८२ शुक्रबार
    लायन्स क्लव अफ बेनी लभ्लिहिलको रक्तदानः २४ युनिट संकलन

    म्याग्दी, ३ असोज । लायन्स क्लव अफ बेनी लभ्लिहिलले आयोजना गरेको रक्तदान कार्यक्रममा २४ युनिट रगत संकलन भएको छ ।

    संविधान दिवसको अवसर पारेर शुक्रबार विहान प्रदेश अस्पताल बेनीमा आयोजित रक्तदान कार्यक्रममा सो रगत संकलन भएको हो ।
    नेपाल रेडक्रस सोसाईटी र रक्तसंचार केन्द्र बेनीको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम संचालन गरिएको हो ।

    जिल्लामा इमरजेन्सी विरामीका लागि रगतको अभाव हुन नदिन रक्तदान कार्यक्रम आयोजना गरिएको कल्वका अध्यक्ष ओम प्रसाद शर्माले बताउनुभयो ।

    कार्यक्रम क्लवका अध्यक्ष शर्माको अध्यक्षता, नेपाल रेडक्रस सोसाईटी म्याग्दीका सभापति अमर बानियाँको प्रमुख आतिथ्यता, उपाध्यक्ष जीवन पौडेलको स्वागत र सचिव प्रेम नेपालीको संचालनमा सम्पन्न भएको थियो ।



    myagdipress myagdipress    
  • ३ आश्विन २०८२ शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP