logo
  • २० जेष्ठ २०८३, बुधबार | Wed, 03 Jun 2026
  • बराहपाखो सामुदायिक बनको अध्यक्षमा विष्णुप्रसाद गौतम

    • myagdipress myagdipress
    • ३१ असार २०८२ मंगलवार
    बराहपाखो सामुदायिक बनको अध्यक्षमा विष्णुप्रसाद गौतम

    म्याग्दी । बराहपाखो सामुदायिक बन उपभोक्ता समितिको अध्यक्षमा पुनःअध्यक्ष विष्णुप्रसाद गौतम सर्वसम्मत चयन हुनुभएको छ ।
    आइतबार सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा धनकुमारी खड्का, सचिव सर्मिला पुन, कोषाध्यक्ष ज्ञान गिरी, सह–सचिव गोपाल भट्टचन, सह–कोषाध्यक्ष सुन्दर केसी रहनुभएको छ ।

    कार्यसमितिको सदस्यहरूमा सालिग्राम गौतम श्यर्ली, धनकुमारी थापा, राधिका सापकोटा, राधा बानियाँ, सिता घर्ती, गंगाकुमारी खत्री र देउप्रसाद श्रेष्ठ चयन हुनुभएको सचिव पुनले बताउनुभयो । निर्वाचिन कार्यसमितिलाई निर्वाचन अधिकृत अजय मिलन श्रेष्ठले सपथग्रहण तथा प्रमाणपत्र वितरण गर्नुभएको थियो ।

    अधिवेशनको डिभिजन बन कार्यालय म्याग्दीका प्रमुख विष्णुप्रसाद अधिकारीले उद्घाटन गदैं सामुदायिक बनमा अनावश्यक भौतिक संरचना बनाउन नहुने, समुदायले रेखदेख गरी संरक्षण गर्नुपर्ने बताउनुभयो ।

    समितिका संस्थापक अध्यक्ष नैनकुमार श्रेष्ठ, पूर्व अध्यक्ष कुलप्रसाद श्रेष्ठ, डम्बरबहादुर बानियाँ, बेनी खानेपानी सरसफाई तथा उपभोक्ता समितिका अध्यक्ष रमेश गिरी, शिवालय मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष एवम् बिरेन्द्रचोक टोल सुधार समितिका संस्थापक अध्यक्ष दलप्रसाद श्रेष्ठ, बन उपभोक्ता महासंघको जिल्ला अध्यक्ष सुन्तली जिसीले मन्तब्य राख्नुभएको थियो ।

    बेनी नगरपालिका वडा नं ७ मा कुल १७ हेक्टरमा फैलिएको सामुदायिक बनमा रहेको खानेपानी, दाउरा, काठ, घाँस बिक्रीका साथै नयाँ बिरुवा रोप्ने र संरक्षण गर्ने गरिएको छ । कुल १ लाख ७६ हजार ८ सय आम्दानी भएको समितिमा १ लाख २३ हजार खर्च गरी ५२ हजार बचत रहेको छ ।

     

     

     



    myagdipress myagdipress    
  • ३१ असार २०८२ मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP