logo
  • २० जेष्ठ २०८३, बुधबार | Wed, 03 Jun 2026
  • नातावाद, कृपावाद र चाकरीवाद अन्त्य गर्न सांसद महावीर पुनको आग्रह

    • myagdipress myagdipress
    • २५ चैत्र २०८२ बुधबार
    नातावाद, कृपावाद र चाकरीवाद अन्त्य गर्न सांसद महावीर पुनको आग्रह

    काठमाडौं । म्याग्दी जिल्लाबाट निर्वाचित प्रतिनिधि सभा सदस्य महावीर पुनले सरकार र राजनीतिक दलहरूलाई नातावाद, कृपावाद र चाकरीवाद अन्त्य गर्न आग्रह गर्नुभएको छ ।

    प्रतिनिधि सभाको बैठकमा बोल्दै पुनले नेपालमा लामो समयदेखि भाइरसका रूपमा नातावाद, कृपावाद, चाप्लुसीवाद र चाकरीवादले जरा गाडेर बसेको टिप्पणी गर्नुभयो ।

    उहाँले भन्नुभयो, ‘यो भाइरस नेपाल एकीकरणपछिको कालखण्डदेखि सुरु भई विभिन्न राजनीतिक परिवर्तन राणा शासन, २००७ सालको क्रान्ति, २०४६ सालको जनआन्दोलन र २०६३ सालको आन्दोलनपछि पनि समाप्त हुन सकेको छैन। यो प्रवृत्तिले अझैसम्म पनि देशलाई छोडेको छैन।’

    ‘अबदेखि कुनै पनि नेता वा मन्त्रीले आफ्ना नातागोता, आफन्त वा इष्टमित्रलाई लाभ हुने पदमा नियुक्ति गरेको खबर सुन्न नपरोस्।’ सांसद पुनले भन्नुभयो ।

    उहाँले जनताको समर्थनमा सरकार सञ्चालन गर्न चाहने जोसुकैले पनि पारदर्शिता र योग्यतामा आधारित नियुक्ति प्रणाली अपनाउनुपर्ने बताउनुभयो। नेपालको आर्थिक विकासका लागि विज्ञान तथा प्रविधिलाई उच्च प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो ।

    अनुसन्धान, नवप्रवर्तन र प्रविधि विकासका लागि छुट्टै कोष स्थापना गर्नुपर्ने तथा बलियो मन्त्रालय गठन गर्नुपर्ने उहाँको भनाई थियो । साथै सांसद पुनले म्याग्दीलाई हिमाली जिल्ला घोषणा गरिएको तर त्यस अनुसारको सेवा सुविधा प्राप्त नभएकाले तत्काल हिमाली जिल्लाको सुविधा लागु गर्न सरकारको ध्यानाकर्षण समेत गराउनुभएको छ ।



    myagdipress myagdipress    
  • २५ चैत्र २०८२ बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP