logo
  • १० श्रावण २०८३, आईतवार | Sun, 26 Jul 2026
  • मोना ईताबासी नेपाल फेस्टिवलको तयारी अन्तिम चरणमा

    • myagdipress myagdipress
    • २४ चैत्र २०८२ मंगलवार
    मोना ईताबासी नेपाल फेस्टिवलको तयारी अन्तिम चरणमा

    मनु थापा

    म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापानले आयोजना गरेको दोस्रो मोना ईताबासी नेपाल फेस्टिवलको तयारी अन्तिम चरणमा पुगेको छ । जापानमा रहेका म्याग्देलीको साझा संस्था मोनाले आगामी अप्रिल ११ र १२ तारिखमा आयोजना गर्न लागेको फेस्टिवलको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको कार्यक्रम संयोजक ज्ञानेन्द्र कार्कीले बताउनुभयो ।

    फेस्टिवलमा दाइतो विश्वविद्यालय, ईताबासी क्याम्पसको विशेष प्रस्तुति रहनेछ भने नेपाली राजदूतावास जापान र ताकाशिमादाइरा प्रहरीको जानकारीमूलक स्टलहरू पनि रहने बताइएको छ । फेस्टिवलमा नेपाली १२ र जापानी ११ गरी कुल २३ वटा स्टल रहने जानकारी दिइएको छ। दुई दिने फेस्टिवलमा करिब १५ हजार दर्शकको सहभागिता रहने र ५० देखि ६० लाख रुपैयाँ बराबरको आर्थिक कारोबार हुने छ । फेस्टिवलमा म्याग्देली कलाकार रवि कार्की, गायक सूर्य खड्का लगायत चर्चित कलाकारहरूको प्रस्तुति रहने आयोजकले जनाएको छ ।

    कार्यक्रमको बारेमा एनआरएनए आईसीसीका नवनिर्वाचित उपाध्यक्ष तथा मोना जापानका सल्लाहकार ददिवल खड्काले जापानमा रहेका म्याग्देली सहित नेपाली सामुदायको प्रतिनिधित्वले नेपालको पर्यटन प्रर्वधन सहितका क्षेत्रमा समेत सघाउने बताउनुभयो । मोना अन्तराष्ट्रि«यका निर्वतमान अध्यक्ष समेत रहनुभएका खड्काले म्याग्दी जिल्लाका तातोपानी सहित पर्यटकीयस्थलमा जापानीलाई आर्कषित गर्नुपर्नेमा जोड दिनुभयो ।

    मोना जापानका अध्यक्ष गणेश श्रेष्ठले तयारी अन्तिम चरणमा रहेकाले आर्थिक,भौतिक र नैतिक सहयोग गर्ने सबैलाई धन्यवाद दिदैं फेस्टिबललाई सम्पुर्ण नेपालीको साझा कार्यक्रम गराउने बताउनुभयो ।



    myagdipress myagdipress    
  • २४ चैत्र २०८२ मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP