logo
  • २ बैशाख २०८३, बुधबार | Wed, 15 Apr 2026
  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीको सालिक अनावरण

    • myagdipress myagdipress
    • २० जेष्ठ २०८२ मंगलवार
    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीको सालिक अनावरण

    म्याग्दी । अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको अन्नपूर्ण आधार शिविरमा अन्नपूर्ण हिमालको प्रथम आरोहण गर्ने टोलीका सदस्यको सालिक स्थापना भएको छ ।

    अन्नपूर्ण हिमाल आरोहणको हीरक महोत्सवत्सवका अवसर अन्नपूर्ण आधार शिविरमा निर्मित सालिकको मंगलबार ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुुजाले अनावरण गर्नुभएको हो ।

    अन्नपूर्ण गाउँपालिकाले प्रथम आरोहण टोलीको अगुुवा फ्रान्सका मौरिस हर्जोग, लुई लचेनल र सोनाम वालुङ शेर्पाको सालिक स्थापना गरेको हो ।
    उक्त स्थानमा हालसम्म अन्नपूर्ण हिमाल आरोहण गरेका ५३६ जनाको नामावली उल्लेख गरिएको ताम्रपत्र भएको खुल्ला सङ्ग्रहालय पनि स्थापना भएको छ ।

    नेपालको पर्यटन क्षेत्रको विकास र पर्वतारोहणको शुभारम्भ भई हिमाललाई विश्वभर चिनाउने दिनको रुपमा स्मरण गर्दै आज विविध कार्यक्रम गरी अन्नपूर्ण हीरक महोत्सव मनाइएको हो ।



    myagdipress myagdipress    
  • २० जेष्ठ २०८२ मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP