प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्।
बानेश्वर घटनाबारे मन्त्रिपरिषद् बैठकमा छलफल हुने सम्भावना रहेको छ।
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । सोमबार साँझ ६ बजेका लागि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बोलाइएको हो ।
सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयको विरोधमा आज राजधानीसहित देशभर जेनजीको प्रदर्शन भएका छन् ।
यस्तो पृष्ठभूमिमा बस्न लागेको मन्त्रिपरिषद् बैठकलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
प्रतिक्रिया