logo
  • २२ चैत्र २०८२, आईतवार | Sun, 05 Apr 2026
  • पत्रकार महासंघको पर्यटन प्रवर्धन कार्यक्रमः ११ बुँदे पुलहाश्रम–रावणपार्क घोषणापत्र जारी

    • myagdipress myagdipress
    • २३ श्रावण २०८२ शुक्रबार
    पत्रकार महासंघको पर्यटन प्रवर्धन कार्यक्रमः ११ बुँदे पुलहाश्रम–रावणपार्क घोषणापत्र जारी

    नेपाल पत्रकार महासंघ म्याग्दी शाखाले ११ बुँदे पुलस्त्य पलहाश्रम–रावणपार्क घोषणापत्र जारी गरेको छ । पुलस्त्य –पुलहाश्रम–रावणपार्क क्षेत्रमा पर्यटन प्रवद्र्धन कार्यक्रम गरि सो क्षेत्रको पर्यटन विकासका लागि महत्वपूर्ण माग र सुझाव सहितको घोषणापत्र जारी गरेको नेपाल पत्रकार म्याग्दी शाखाका अध्यक्ष हरिकृष्ण गौतमले जानकारी दिनुभयो ।

    महासंघका सचिव ठाकुर प्रसाद आचार्यले प्रस्तुत गर्नुभएको घोषणापत्रको पूर्ण विवरण

    १. पौराणिक महत्व बोकेका गलेश्वरधाम–कपिलाश्रम–गुफाडाँडा–पुलहाश्रम–पुलाकोत–बरनाथ गुफा–घतानकोत–ढोलठान दरबार–जगन्नाथधाम–डढेकोत क्षेत्र हुँदै सिद्धआश्रम–टोड्के क्षेत्रलाई प्राचीन–धार्मिक करिडोर क्षेत्रको रुपमा विकास गर्न यो वैठक जोडदार रुपमा माग गर्दछ ।

    २. म्याग्दीको बेनी नगरपालिका क्षेत्रको पुलाचौरमा रहेको प्रसिद्ध पुलस्त्य पुलहाश्रम क्षेत्रलाई धार्मिक पर्यटकीय गन्तव्यको क्षेत्रका रुपमा विकास गर्नको लागि जिल्लास्थित विभिन्न सरोकारवालाहरुको ध्यानाकषर्ण गराउन यो वैठक माग गर्दछ ।

    ३. पुलाचौरको चनौटेदेखि पुलहाश्रम मन्दिर परिसरसम्म पुग्ने सडकको तत्काल स्तरोन्नति गरी आवतजावतलाई सहज बनाउन वडा कार्यालय, बेनी नगरपालिकाको कार्यालय तथा प्रदेश एवं संघीय सरकारको गम्भीर ध्यानाकषण गराउँदछौं ।

    ४. म्याग्दीको बेनीबजारस्थित हुलाकेचोकदेखि अर्थुङ्गेको आँपारुखसम्म निर्माणाधीन अवस्थामा रहेको पर्यटन पदमार्गलाई चालु आर्थिक वर्षदेखि नै बजेटको स्रोत सुनिश्चितता गरी पुलहाश्रमसम्म पदमार्गले जोड्न जोडदार रुपमा माग गर्दछौं ।

    ५. पुलहाश्रम–घतानकोत–ढोलठान दरबार हुँदै पर्यटकीय क्षेत्र केभहिल–जगन्नाथधाम र डढेकोत दरबार क्षेत्रलाई पर्यटन पदयात्राको मार्गका रुपमा विकास गर्न सरोकारवालाको गम्भीर ध्यानाकर्षण गराउँदछौं ।

    ६. धार्मिक तथा पर्यटकीय क्षेत्र पुलाचौर तथा पुलाडाँडाको पर्यटन प्रवद्र्धन गर्नका लागि स्थानीयस्तरमा होमस्टे (घरबास) कार्यक्रम लागू गरी सञ्चालन गर्न जोडदार रुपमा माग गर्दछौं ।

    ७. धार्मिक क्षेत्र पुलस्त्य –पुलहाश्रम तथा रावणपार्क क्षेत्रको आवश्यक प्रचारप्रसार गरी स्वदेश तथा विदेशबाट समेत धार्मिक पर्यटकहरुको आवागमन बढाउन स्थानीयस्तरबाट समेत उचित पहल गर्न ध्यानाकर्षण गराउँदछौं ।

    ८. पुलस्त्य –पुलहाश्रम क्षेत्रमा आवश्यक पर्ने सबै खालका संरचनाहरु निर्माण गरी पर्यटन प्रवद्र्धन गर्न धेरैभन्दा धेरै कार्यक्रमहरु आयोजना गर्ने र स्थानीय तथा सरोकारवालाहरुको समेत ध्यानाकर्षण गराउँदछौं ।

    ९. ऐतिहासिक रावणपार्क निर्माणमा पहल गर्ने सबैलाई धन्यवादज्ञापनसहित सँगसँगै पौलस्त्य, पुलस्त्य र विश्रवा ऋषिको समेत मूति स्थापना गर्न जोडदार रुपमा माग गर्दछौं ।

    १०. माथि उल्लेखित धार्मिक, ऐतिहासिक र पर्यटकीय क्षेत्रहरुको विकास तथा प्रवद्र्धन गर्नका लागि ती स्थानसम्म पुग्ने सडकको स्तरोन्नति गर्नुका साथै पैदलमार्ग समेत निर्माण गर्न माग गर्दछौं ।

    ११. घुम्ती वैठक तथा पर्यटन प्रवद्र्धन कार्यक्रममा सहभागी सबैलाई हार्दिक धन्यवादज्ञापन गर्दै पत्रकार महासंघ म्याग्दी शाखाले आयोजना गर्ने विभिन्न खालका कार्यक्रमहरुमा सरोकारवाला निकायबाट पूर्ण रुपमा सहयोगको अपेक्षा समेत गर्दछौं ।



    myagdipress myagdipress    
  • २३ श्रावण २०८२ शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP