logo
  • २० जेष्ठ २०८३, बुधबार | Wed, 03 Jun 2026
  • सुसनको उपचारमा सहयोग

    • myagdipress myagdipress
    • १४ पुष २०८२ सोमबार
    सुसनको उपचारमा सहयोग

    म्याग्दी । मृगौला रोगबाट ग्रसित म्याग्दीको मंगला गाउँपालिका–१, भर्जुलाका सुसन किसानलाई अमेरिकामा रहेका नेपालीले ८ लाखभन्दा बढी आर्थिक सहयोग गरेका छन् । आर्थिक अवस्था कमजोर भएका कारण मृगौला प्रत्यारोपण सहित उपचारमा समस्या भोग्दै आएका यूवा किसानलाई भर्जुला स्थायी घर भई हाल अमेरिकामा रहनुभएका म्याग्दी समाज न्यूर्योकका पूर्व अध्यक्ष समेत रहनुभएका भविन्द्र शेरपुञ्जाको नेतृत्वमा ८ लाख ७ हजार ८६८ रुपैयाँ सहयोग गरिएको हो।

    उक्त सहयोग मंगला शिक्षा क्याम्पसकी सञ्चालक समिति उपाध्यक्ष एवम् समाजसेवी यशुदा रोकामार्फत पीडित किसानलाई हस्तान्तरण गरिएको छ । किसानको अचानक दुबै मृगौलामा खरावी देखिएपछि उपचारको क्रममा मंगला गाउँपालिकाबाट स्वदेश तथा विदेशमा रहेका म्याग्देलीले आर्थिक सहयोग जुटाएर उपचारमा सहयोग गरेको यशुदा रोकाको भनाई छ । ’अमेरिकबाट उपचारमा सहयोग गर्ने सबैलाई धन्यवाद, प्राप्त सहयोगले उपचार अभियानमा राहत मिलेको छ‘ रोकाले भन्नुभयो ।

    किसान बिरामी हुनु अगाडी मंगला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाको स्वकिय सचिव भएर समेत काम गर्नुभएको थियो । हाल काठमाण्डौको ग्राण्डी अस्पतालमा उपचारार्थ किसानको मृगौला प्रत्यारोपण सहित नियमित औषधि उपचार सहितका लागि थप खर्चहरु लाग्ने भएकाले सहयोग अभियान जारी रहेको छ ।



    myagdipress myagdipress    
  • १४ पुष २०८२ सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP