logo
  • १० श्रावण २०८३, आईतवार | Sun, 26 Jul 2026
  • सुख्खा पहिरोमा पुरिएर गाडपारमा एकको मृत्यु

    • myagdipress myagdipress
    • ३२ असार २०८२ बुधबार
    सुख्खा पहिरोमा पुरिएर गाडपारमा एकको मृत्यु

    म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालका –४ गाडपारमा गाउँमाथिको भिरबाट खसेको सुख्खा पहिरोमा पुरिएर एक जनाको ज्यान गएको छ ।
    बुधबार विहान साढे एघार बजेको सयममा भिरबाट ढुंगा माटो सहित खसेको पहिरोमा पुरिएर सोहि गाउँकी ७२ वर्षिय सिता फगामीको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

    कार्यालयका सूचना अधिकृत प्रहरी निरिक्षक सागर पौडेललका अनुसार घरमा वसिरहेका फगामीले अचानक माथि भिरबाट खसेको पहिरोले पुरेको हो । साथमै रहेका उहाँका श्रीमान भने भागेर बाँच्न सफल हुनुभएको छ ।

    उद्धारका लागि इलाका प्रहरी कार्यालय दाना र जिल्ला प्रहरीक कार्यालयबाट प्रहरीको टोली घटना स्थलतर्फ गएको छ । अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष दिवा तिलिजा पुनको टोली पनि घटना स्थलतर्फ जान हिडेको छ ।

    पहिरो खसेको स्थानदेखि तलका ५,७ वटा घरहरु जोखिममा रहेका छन, उनिहरुलाई सुरक्षित स्थानमा सार्न भनिएको छ, उपाध्यक्ष तिलिजाले भन्नुभयो ।

     



    myagdipress myagdipress    
  • ३२ असार २०८२ बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP