logo
  • ३ बैशाख २०८३, बिहीबार | Thu, 16 Apr 2026
  • रघुगंगामा नेकपाको एकता बैठक तथा चुनावी अभियान

    • myagdipress myagdipress
    • २० पुष २०८२ आईतवार
    रघुगंगामा नेकपाको एकता बैठक तथा चुनावी अभियान

    म्याग्दी । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) म्याग्दीले रघुगंगा गाउँपालिकामा एकताको प्रथम बैठक तथा चुनाबी अभियान सुरु गरेको छ । साविकका नेकपा (माओवादी केन्द) र नेकपा(एकिकृत समाजवादी) लगायतका दलहरुबिच पार्टी एकता भएर नेपाली कम्युनिष्ट पार्टी निर्माण भएको र फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा निर्वाचनको मिति नजिकिएपछि नेकपा म्याग्दीले पालिका स्तरमा एकताको सन्देश सहित चुनाबी अभियान अघि बढाएको हो ।

    भगवतीमा आयोजित पालिका स्तरीय एकता बैठकलाई सम्बोधन गर्दै नेकपाका केन्द्रिय सदस्य गोविन्द पौडेलले फागुन २१ गते घोषित प्रतिनिधिसभा निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार हुनेलाई बिजयी गराउन पालिका, वडा र टोल स्तरका कमिटीलाई सक्रिय बनाउन आग्रह गर्नुभयो । प्रतिनिधिसभाको समानुपातिक तर्फ नेकपाले सबै नयाँ उम्मेदवारहरु समेटेर बन्दसुचि निर्वाचन आयोगमा बुझाएको बताउँदै त्यसले जनस्तरमा सकरात्मक सन्देश दिएको बताउनुभयो ।

    ‘‘जेनसी पुस्ताले उठाएको मुद्धा हामीले संविधानमै नोट अफ डिसेन्ट लेखेर आएको बिषय हो, पछिल्लो पटक प्रचण्ड नेतृत्वको सरकारले भष्ट्राचार नियन्त्रण र शुसासनको पक्षमा गरेका कामहरुले जनतामा उत्साह छाएको थियो, एमाले काँग्रेस गठबन्धनले जनअपेक्षा बमोजिम काम गर्न नसक्दा निरासा बढेर जेनजी विद्रोह भएको हो’’– उहाँले भन्नुभयो ।

    कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य गमबहादुर श्रीष र कृष्णकुमार विश्वकर्माले बिचार मिल्ने पार्टीहरुको धु्रबीकरण गरि प्राप्त राजनीतिक उपलब्धीको रक्षा र नवयुवा पुस्ताको माग सम्बोधन गर्न नेकपालाई आगामी निर्वाचनमा बलियो शक्तिको रुपमा स्थापित गर्न आबश्यक रहेकोमा जोड दिनुभयो । कार्यक्रममा नेकपाका नेता एवं गण्डकी प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री रेशम जुग्जालीले प्रदेश सरकार र केन्द्रिय सरकारमा पार्टीको नेतृत्व र सहभागिता रहँदा जिल्लामा विकास निर्माणका योजनाहरु भित्र्याउन रचनात्मक भुमिका खेलेको चर्चा गर्दै म्याग्दीको विकासका लागि प्रतिनिधिसभामा नेकपाका उम्मेदवारलाई बिजयी गराउन आबश्यक रहेकोमा जोड दिनुभयो ।

    कार्यक्रममा नेकपाका नेता एवं प्रदेश सभा सदस्य हरि बहादुर भण्डारी, रिम कटुवाल, अर्जुन थापा, चिना हमाल खत्री लगायतले म्याग्दीको विकासलाई अगाडी बढाउने र मुलुकलाई सहि निकास दिनका लागि नेपाल कम्युनिष्ट पार्टीको नेतृत्व नै आबश्यक रहेकोमा जोड दिनुभयो ।
    जिल्ला पार्टी कार्यालयमा जिल्ला समन्वय समितिको बैठकबाट प्रतिनिधि सभा सदस्य पदका आकाँक्षीहरुको सिफारिस गरेपछि पालिका स्तरमा एकताको सन्देश सहित चुनाब केन्द्रीत अभियान सञ्चालनको लागि पूर्व तयारी बैठक गर्न थालिएको नेकपा म्याग्दीले जनाएको छ। प्रतिनिधीसभा सदस्य निर्वाचनका लागि नेकपाबाट प्रत्यक्षतर्फ सिफारिस भएका अर्जुनबहादुर थापा, कृष्णकुमार विश्वकर्मा, गमबहादुर श्रीसमगर, टेकबहादुर वि.क., दुर्गा कार्की (बानियाँ) सहितको टोलीले एकताको सन्देश र चुनावी तयारीका लागि गाउँ अभियानमा जुटेका छन् ।



    myagdipress myagdipress    
  • २० पुष २०८२ आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP