म्याग्दी । गयराति परेको अविरल वर्षापछि खसेको पहिरोका कारण बेनी–जोमसोम सडक तथा बेनी–दरवाङ सडक अवरुद्ध भएका छन्।
जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी प्रहरी निरीक्षक सागर तिमिल्सिनाका अनुसार रघुगंगा गाउँपालिका–२, बैसरीस्थित सडकमाथिबाट लेदोसहितको पहिरो खसेपछि बेनी–जोमसोम सडक पूर्ण रूपमा अवरुद्ध भएको हो।
उहाँका अनुसार सडक खुलाउने प्रयासमा प्रहरी र बेनी–जोमसोम सडक आयोजनाको टोली परिचालन भएका छन ।
त्यसैगरी, बेनी–दरवाङ सडकअन्तर्गत बेनी नगरपालिका–४, फापरखेतस्थित घुमाउने भिरमा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। बेनी नगरपालिका–६, डम्बरामा पनि पहिरोका कारण सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार दुवै सडक खुलाउने प्रयास जारी रहेको छ ।
प्रतिक्रिया