म्याग्दी । पूर्वाधार विकास कार्यालयमार्फत सञ्चालित बेनी–पाखापानी सडक योजना अन्तर्गत बेनी नगरपालिका–९ भुतादैलादेखि नेप्टेचौर खण्डको सडक कालोपत्र भएको छ । म्याग्दीको बेनी नगरपालिका ९ घतानको वडा कार्यालय रहेको स्थान नेप्टेचौर सम्मको सडक कालोपत्र भएपछि यात्राअवधि छोटिएको छ ।

साथै जीर्ण सडकमा जोखिम मोलेर सकसपूर्ण यात्रा गर्नुपर्ने समस्या हटेको छ । घर अगाडी चिटिक्क सडक देख्दा नेप्टेचौरबासी हर्षित बेनका छन ।
दुई किलोमिटर दूरीमा प्रिमिक्स प्रविधिको कालोपत्र गर्ने काम सम्पन्न भएको छ । कालोपत्र भएको सडकमा रङ लगाएर डिलतर्फ बार राख्ने र ट्राफिक सङ्केत चिह्नहरू पनि राखिएको छ ।

प्रतिक्रिया