logo
  • ८ बैशाख २०८३, मंगलवार | Tue, 21 Apr 2026
  • मोना अन्तराष्ट्रियको छैठौं महाधिवेशन स्थगित

    • myagdipress myagdipress
    • ३१ भाद्र २०८२ मंगलवार
    मोना अन्तराष्ट्रियको छैठौं महाधिवेशन स्थगित

    म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तर्राष्ट्रिय कार्यकारी समितिको छैठौं अन्तर्राष्ट्रिय महाधिवेशन स्थगित भएको छ । पछिल्लो समय देशमा उत्पन्न असहज परिस्थितीलाई मध्यनजर गदैं आगामी असोज २२ र २३ गते सदरमुकाम बेनीमा हुने भनिएको महाधिवेशन स्थगित भएको महासचिव सुनेश केसीले बताउनुभयो ।

    महासचिव केसीका अनुसार महाधिवेशनको अवसरमा आयोजना गर्ने भनिएको दोस्रो मोना भलिबल कप र विविध सांस्कृतिक कार्यक्रम पनि स्थगित गरिएको छ । परिवर्तित परिस्थितिलाई मध्यनजर गर्दै अनुकुल समयमा महाधिवेशन सम्पन्न गर्ने मोना अन्तर्राष्ट्रियले जनाएको छ।

    मोनाले महाधिवेशनको अवसरमा बेनी नगरपालिका–७ मंगलाघाटमा निर्मित हुने मोना हाउसको समेत शिलन्यास गर्ने तयारी भइरहेको थियो ।



    myagdipress myagdipress    
  • ३१ भाद्र २०८२ मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP