बेनी । म्याग्दीको बेनी नगरपालिका–७, मंगलाघाट आरनटोलमा एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन् । रघुगंगा गाउँपालिका–६, ठाडाखानी घर भएका अन्दाजी ४० बर्षिय राजु विकले २७ बर्षिया भगवती विकलाई सोमबार राती हत्या गरेका हुन् ।
मदिरा सेवन गरेका राजुले श्रीमतीलाई दाउरा प्रहार गरी हत्या गरेको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ । घटनास्थलमा जिल्ला प्रहरी कार्यालय प्रहरी निरीक्षक सागर पौडेलको नेतृत्वमा प्रहरीको टोली पुगेको थियो ।
सोमबार पर्वतको जलजला गाउँपालिका वडा नं ३ गुफाटोलमा आमा गुमा विकलाई भेट्न गएकी मृतक भगवतीको शरीरमा चोटपटक देखिएको थियो । मदिराले मातेका श्रीमानले पटकपटक छोरीलाई कुटपिट गरी घाईते बनाउने गरेको मृतक भगवतीकी आमा गुमाले बताउनुभयो ।
घटनास्थल आसपासका स्थानीयबासीले राती करिब १० बजे हल्ला गदैं घरभित्र प्रवेश गरेपछि केही जानकारी नभएको प्रहरीलाई बताएका छन् । मंगलबार विहान वडा सदस्य रमेश फगामीलाई स्थानीयले घटनाका बारेमा जानकारी गराएपछि मंगलाघाटमै रहेको प्रहरीको टोली घटनास्थलमा पुगेको थियो । श्रीमतिको हत्या गरेपछि फरार भएका राजुलाई प्रहरीले पक्राउ गरि थप अनुसन्धान अघि वढाएको छ ।
प्रतिक्रिया