logo
  • ३ बैशाख २०८३, बिहीबार | Thu, 16 Apr 2026
  • शिवरात्रिको दिन पशुपतिमा ड्युटीमा खटिएका प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ

    • myagdipress myagdipress
    • ६ फाल्गुन २०८२ बुधबार
    शिवरात्रिको दिन पशुपतिमा ड्युटीमा खटिएका प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ

    काठमाडौं । शिवरात्रिको दिन पशुपति क्षेत्रमा प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा नुवाकोट घर भएका २५ वर्षीय रिजन श्रेष्ठ रहेका छन् ।

    शिवरात्रिको दिन पशुपति क्षेत्रमा ड्युटीमा खटिएका प्रहरी जवानमाथि उनले हातपाट गरेका थिए । प्रहरीमाथि हातपात गरेको भिडिओ भाइरल भएपछि प्रहरीले उक्त व्यक्तिको पहिचानको लागि सर्वसाधरणसँग सहयोग मागेको थियो ।

    श्रेष्ठलाई बालाजुबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसरका एसपी पवन भट्टराईले बताए । शिवरात्रिको दिन केटी जिस्काएको भन्दै प्रहरीले उनलाई सम्झाउन खोज्दा उल्टै प्रहरी जवानलाई लाती हानेका थिए ।



    myagdipress myagdipress    
  • ६ फाल्गुन २०८२ बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP