logo
  • ३ बैशाख २०८३, बिहीबार | Thu, 16 Apr 2026
  • म्याग्दी जेसीज कपको बुधबार ६ खेल सकियो

    • myagdipress myagdipress
    • १० मंसिर २०८२ बुधबार
    म्याग्दी जेसीज कपको बुधबार ६ खेल सकियो

    म्याग्दी । डिफेन्डिङ च्याम्पियन माउण्ट एभरेष्ट आवासीय माविले २३ औँ अन्तर मावि जेसीजकप फुटवल प्रतियोगितामा विजयी यात्रालाई जारी राखेको छ । सदरमुकाम बेनीस्थित खुल्लामञ्चमा खेल सुरु भएको दोस्रो दिन बुद्ध एकेडेमीलाई ६–० गोलले पराजित गरेको छ । आजको पहिलो खेलमा केबी एकेडेमी दरबाङले ८–१ गोलले गलेश्वर मावि तोरिपानीलाई पराजित गरेको छ । त्यसैगरी बेनी आवासीय मावि ३–१ गोल प्रहार गदैं शारदा मावि छिस्वाङलाई पराजित गरेको छ ।

    निर्धारित समयमा प्रकाश मावि र लिटल एकेडेमी १–१ गोल प्रहार गरेपछि पेनाल्टी सुटआउटमा १३–१२ गोल गदैं लिटल गार्डेन एकेडमी अर्को चरणमा प्रवेश गरेको छ । बुधबार दिउँसो नै भएको अर्को खेलमा निस्कोट मावि र जामुनाखर्क मावि १–० गोल गदैं निस्कोट माविले जेसीज कपमा विजय यात्रा सुरु गरेको छ । जेसीज कप प्रतियोगिताको इतिहासमा निस्कोट मावि पहिलोपटक सहभागि विद्यालय समेत हो । यसैगरी अन्तिम खेलमा बेनी सामुदायिक माविले आफ्नो अपराजित यात्रालाई निरन्तरता दिदैं जनप्रिय मावि दरबाङलाई २–० गोल प्रहार गरेको छ ।

    प्रतियोगितामा विजेताको दाबेदार न्यू वेष्ट पोइन्ट आवासीय मावि र प्रकाश मावि बाहिरिएका छन् । मंसीर १३ गते शनिबारसम्म बेनीको खुलामञ्चमा सञ्चालन हुने प्रतियोगितामा १९ विद्यालयको सहभागिता रहेको प्रतियोगिताका मुल संयोजक नविन पौडेलले जानकारी दिनुभयो ।

    प्रतियोगितामा प्रथम हुनेले रनिङ शिल्डसहित ट्रफी, मेडल, प्रमाणपत्र सहित नगद रु ५५ हजार पाँच सय ५५ र उपबिजेताले ट्रफि, मेडल र प्रमाणपत्र सहित नगद रु ३५ हजार पाँच सय ३५ पुरस्कार प्राप्त गर्ने शाखा अध्यक्ष बिनोद घर्ती क्षत्रीले बताउनुभयो ।

    प्रतियोगितामा उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, राइजीङ प्लेयर, उत्कृष्ट प्रशिक्षकलाई नगदरु २ हजार पाँच सयसहित ट्रफिद्धारा पुरस्कृत गरिने छ ।

    त्यस्तै, अनुसासित टिम र सेमिफाइनल पुग्ने दुई टिमलाई नगद रु ५ हजार सहित सहित सम्मान गरिने छ ।प्रतियोगिता सञ्चालनको लागि एभरेष्ट ग्लोबल एजुकेसन भिसा सर्भिस मुख्य प्रायोजक रहेको छ भने गंगा जिसी फाउण्डेसन र प्रभु बैँक सहप्रायोजकको रुपमा रहेका छन् ।कक्षा १० सम्मका विद्यार्थीहरुले सहभागीता जनाउने जेसीज कप फुटवल म्याग्दीमा विद्यालय तहमा प्रतिस्पर्धा हुने लोकप्रिय छ ।

     

     



    myagdipress myagdipress    
  • १० मंसिर २०८२ बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP