logo
  • १० श्रावण २०८३, आईतवार | Sun, 26 Jul 2026
  • मिस सुप्रानेशनल २०२६ मा नेपालको प्रतिनिधित्व गर्न पूर्णिमा कार्की पोल्यान्ड प्रस्थान

    • myagdipress myagdipress
    • ३१ असार २०८३ बुधबार
    मिस सुप्रानेशनल २०२६ मा नेपालको प्रतिनिधित्व गर्न पूर्णिमा कार्की पोल्यान्ड प्रस्थान

    काठमाडौँ । मिस सुप्रानेशनल नेपाल २०२६ की विजेता पूर्णिमा कार्की विश्वस्तरीय सौन्दर्य प्रतियोगिता मिस सुप्रानेशनल २०२६ मा नेपालको प्रतिनिधित्व गर्न पोल्यान्ड प्रस्थान गरेकी छन् । प्रतियोगिता पोल्यान्डको मालोपोल्स्का क्षेत्रमा आयोजना हुँदैछ भने यसको भव्य अन्तिम प्रतिस्पर्धा साउन ४ गते हुनेछ।

    पूर्णिमा कानुन विषयमा स्नातक हुन्। उनी सौन्दर्य प्रतियोगिताकी विजेता मात्र नभई शिक्षा, महिला सशक्तीकरण, सामाजिक उत्तरदायित्व तथा नेपालको संस्कृति र पर्यटन प्रवर्द्धनमा सक्रिय युवा व्यक्तित्वका रूपमा परिचित छिन्। मिस सुप्रानेशनल नेपाल २०२६ को उपाधि जितेसँगै उनले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको पहिचान, संस्कृति तथा नेपाली महिलाको क्षमता विश्वसामु प्रस्तुत गर्ने अवसर प्राप्त गरेकी छन्।

    प्रतियोगिताका विभिन्न चरणमा उनले राष्ट्रिय पोशाक प्रदर्शन, परिचयात्मक छलफल, प्रारम्भिक मूल्याङ्कन तथा अन्य प्रतिस्पर्धात्मक कार्यक्रमहरूमा सहभागिता जनाउँदै नेपालको प्रतिनिधित्व गर्नेछिन्। उनले नेपालको सांस्कृतिक विविधता, प्राकृतिक सम्पदा र नेपाली महिलाको आत्मविश्वासलाई विश्वमञ्चमा उजागर गर्ने अपेक्षा गरिएको छ।
    प्रस्थानअघि पूर्णिमाले यो यात्रा आफ्नो व्यक्तिगत उपलब्धिभन्दा पनि सम्पूर्ण नेपालीको साझा सपना र राष्ट्रिय गौरवको विषय भएको बताइन्।



    myagdipress myagdipress    
  • ३१ असार २०८३ बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP