logo
  • ३ बैशाख २०८३, बिहीबार | Thu, 16 Apr 2026
  • बेनीबाट सम्पर्कविहिन एक युवाको मालढुङगामा शव भेटियो

    • myagdipress myagdipress
    • २० भाद्र २०८२ शुक्रबार
    बेनीबाट सम्पर्कविहिन एक युवाको मालढुङगामा शव भेटियो

    म्याग्दी, २० भदौ । म्याग्दी सदरमुकाम बेनीबाट गत शनिवारदेखि सम्पर्कविहिन दुई युवा मध्य एक युवाको शव भेटिएको छ ।
    बेनपा ६ जामुनाखर्कका हरि रिजालको शव सम्पर्कविहिन बनेको ६ दिन पछि शुक्रबार दिउँसो मालढुङगा स्थित कालीगण्डकी नदिको बाग्लुङतर्फको किनारमा भेटिएको हो ।

    खोला किनारमा शवदेखिपछि स्थानीयले प्रहरीलाई खवर गरेका थिए । शवलाई परिवारले पहिचान गरेपछि पोष्टमार्टमका लागि बाग्लुङ अस्पताल लगिएको छ । पोष्टमार्टम पश्चात आजनै बेनी स्थित घाटमा दाहसंस्कार गरिने पारिवारीक श्रोतले जनाएको छ ।

    उहाँसंगै सम्पर्कविहिन अर्का युवा रघुगंगा गाउँपालिका –२ भगवतीका कुमार रिजालको अवस्था भने अझै अज्ञात रहेको छ । दुवै युवाहरु बेनीको रिङरोडबाट मोटरसाईकल सहित कालीगण्डकी नदिमा खसेको आशंकामा गोताखोर टोलीले खोजतलास गर्नुका साथै प्रहरी र परिवारले नदि आसपासका क्षेत्रमा खोजी गरिरहेका थिए । यसअघि थाङ्नेवगरमा मोटरसाईकलको ट्याङकी समेत भेटिएको थियो ।



    myagdipress myagdipress    
  • २० भाद्र २०८२ शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP