logo
  • २८ भाद्र २०८३, आईतवार | Sun, 13 Sep 2026
  • एमाले म्याग्दीका उम्मेदवारहरुद्वारा बेनीमा घरदैलो

    • myagdipress myagdipress
    • १८ फाल्गुन २०८२ सोमबार
    एमाले म्याग्दीका उम्मेदवारहरुद्वारा बेनीमा घरदैलो

    म्याग्दी । नेपाल कम्युनिष्ट पार्टी (एमाले) म्याग्दीबाट प्रतिनिधि सभा सदस्यमा प्रत्यक्षतर्फका उम्मेदवार हरिकृष्ण श्रेष्ठ र समानुपातिक उम्मेदवार नरदेवी पुनले जिल्ला सदरमुकाम बेनीमा घरदैलो गरि मतदाता भेटघाट गर्नुभएको छ । आईतवार दिउँसो बेनी नगरपालिका वडा नम्वर ८ कालिपुलबाट सुरु भएको घरदैलो अभियान सोमबार साँझ वडा नम्वर ७ मंगलघाटमा सम्पन्न भएको हो ।

    जिल्लाको अन्य सवै पालिकाका वडाहरुमा चुनावी प्रचार सकेर बेनी बजारमा मतदाता भेटघाटका लागि घरदैलो गरिएको हो । फागुन २१ मा आफ्नो पक्षमा भोट माग्न घरदैलोमा पुग्नुभएका उम्मेदवारद्वयलाई मतदाताले खादा र फुलमालाले स्वागत गर्दै विजयी बन्न शुभकामना व्यक्त गरका थिए । उम्मेदवार श्रेष्ठ र पुनले मतदाताहरु समक्ष “समृद्ध म्याग्दी, सुखी म्याग्देली’ को नारा अघि सारेको बताउँदै जिल्लाको सर्वाङ्गिन विकासका लागि सूर्य चिन्हमा मतदान गरि आफुहरुलाई विजयी बनाउन आग्रह गर्नुभयो ।

    मतदाता भेटघाटकै क्रममा संचारकर्मीहरु संगको कुराकानीमा उम्मेदवार श्रेष्ठले विगतमा नेकपा एमालेका प्रतिनिधिहरुको सक्रियतामा सुरु भएका विकास निर्माणका योजनाहरू नै अहिले भइरहेको प्रगतिको आधार भएको बताउँदै जिल्लाका ठूला योजनाको सुरुवात नै नेकपा एमालेको नेतृत्वमा भएको बताउनुभयो ।

    उहाँले जिल्लाका ग्रामिण भेगका अधिकांस मतदाताहरुको गुनासो गुणस्तरीय सडक, शिक्षा, स्वास्थ्य, खानेपानी, सिचाई, रोजगार लगायतको विकास रहेकाले जनताको आवश्यकता र माग अनुसारको विकासका योजना भित्र्याउन आफु निरन्तर लागिरहने बताउनुभयो ।

    समानुपातिक उम्मेदवार नरदेबी पुनले समृद्ध देश बनाउने संकल्प एमालेले लिएको र एमालेले नै पुरा गर्र्ने बताउनुभयो । एमाले सधै जनताको पक्षमा, जनताको हितमा उभिने भन्दै मुलुकलाई निकास दिनका लागि यो निर्वाचन पछिको सरकार पनि एमालेकै नेतृत्वमा बन्न आवश्यक रहेको बताउनुभयो ।

    अभियानमा उम्मेदवार द्वय सहित नेकपा एमालेका जिल्ला कमिटि अध्यक्ष बालकृष्ण सुवेदी, उपाध्यक्ष प्रमोद श्रेष्ठ, युवा परिचालन कमिटिका संयोजक नारायण जिसी, बेनी नगर कमिटि अध्यक्ष बेल बहादुर कटुवाल लगायतका नेता तथा कार्यकर्ताहरु सहभागि हुनुहुन्थ्यो । यो संगै एमालेले चुनावी प्रचारप्रसार कार्यक्रम सम्पन्न गरेको छ ।



    myagdipress myagdipress    
  • १८ फाल्गुन २०८२ सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP