logo
  • २७ भाद्र २०८३, शनिबार | Sat, 12 Sep 2026
  • ब्रेक थ्रु नभएसम्म सुरुङमा खोज तथा उद्धार जारी रहन्छः नेपाली सेना

    • myagdipress myagdipress
    • २२ भाद्र २०८३ सोमबार
    ब्रेक थ्रु नभएसम्म सुरुङमा खोज तथा उद्धार जारी रहन्छः नेपाली सेना

    नेपाली सेनाले ब्रेक थ्रु नभएसम्म बाढीले क्षति गरेका जलविद्युत आयोजनाका सुरुङमा खोज तथा उद्धार कार्य नरोकिने जनाएको छ।
    सेनाका अनुसार बाढी प्रभावित जलविद्युत आयोजनामा करिब १२१ जना नागरिक फसेको अनुमान गरिएको छ।
    रसुवागढी, त्रिशूली–३ ए, त्रिशूली–३ बी, चिलिमे र माथिल्लो त्रिशूली १ मा सेनासहितको टोलीले खोज तथा उद्धार, लेदो हटाउने र बाटो बनाउने काम गरिरहेको छ।

    २२ भदौ, काठमाडौं । नेपाली सेनाले ब्रेक थ्रु नभएसम्म बाढीले क्षति भएका जलविद्युत आयोजनाको सुरुङ ९टनेल०मा खोज तथा उद्धारको कार्य नरोकिने जनाएको छ ।

    राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा सेनाका सहायक रथी सुवाश जंग थापाले टनेलमा खोज तथा उद्धार कार्य तीव्र रुपमा भइरहेको भन्दै सरकारले काम रोख्ने निर्णय गरेको अवस्थामा बाहेक ब्रेक थ्रु नभएसम्म काम नरोकिने बताएका हुन्।

    बाढीले प्रभावित जलविद्युत आयोजनाहरुमा करिव १ सय २१ जना नागरिक फसेको अनुमान सेनाले गरेको छ । रसुवागढी जलविद्युत आयोजनामा खोज तथा उद्धारको टोली तथा आयोजनाको प्रतिनिधि सहितको टोली पावरहाउस र कन्ट्रोल प्वाइन्ट सम्म पुगी खोजि कार्य गरिएको सहायक रथी थापाले बताए।

    त्यस्तै त्रिशूली–३ ए मा को पावरहाउस तथा टनेलमा सेनाको फौज रेस्क्यु इक्वीपमेन्ट सामग्री सहित निरन्तरता खोजमा लागि रहेको उनको भनाइ छ।

    त्रिशूली–३ बी मा अडिट २ बाट फौज छिरी अडिट १ बाट निस्किएको र अडिट २ टनेलबाट एक्साभेटर लगाएतका उपकरण लैजान सक्ने गरी बाटो बनाउने काम भइरहेको समेत उहाले जानकारी दिए। त्यसैगरि चिलिमे हाइड्रोमा विदेशी सहितको संयुक्त टोलीले उपकरणको सहायतामा लेदो फाल्ने काम गरेको, माथिल्लो त्रिशुली १ मा विदेशी सहितको टोलीले थप खोजी कार्य गरेको समेत थापाले बताए।

    सहायक रथी थापाले जलविद्युत आयोजनाको टनेलमा भएको क्षतिलाई आंकलन गर्दा बाढी तथा लेदो करिब १८० किमी प्रतिघण्टाको गतिमा खसेको अनुमान गरिएको बताए। onlinekhabar



    myagdipress myagdipress    
  • २२ भाद्र २०८३ सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP