logo
  • २७ भाद्र २०८३, शनिबार | Sat, 12 Sep 2026
  • चिनाखेत बाढीपीडित परिवारलाई काठमाडौबाट आर्थिक सहयोग

    • myagdipress myagdipress
    • २२ भाद्र २०८३ सोमबार
    चिनाखेत बाढीपीडित परिवारलाई काठमाडौबाट आर्थिक सहयोग

    म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–३, भकिम्लीको चिनाखेतमा बाढीमा ज्यान गुमाएका पीडित परिवारलाई बरंजा भकिम्ली माईती कुटुम्ब समाज र म्याग्दी मगर समाज काठमाण्डौले आर्थिक सहयोग गरेको छ ।

    गत साउन महिनाको १० गते राती चिनाखेल खोल्सामा आएको भीषण बाढीमा ज्यान गुमाउनुभएका स्थानीय ७० वर्षीय लालवीर छन्त्यालको परिवारलाई बरंजा भकिम्ली माईती कुटुम्ब समाज काठमाण्डौ ३० हजार र म्याग्दी मगर समाज काठमाण्डौ २० हजार मृतककी श्रीमति दिलमति छन्त्याललाई हस्तान्तरण गरिएको हो । बाढीपहिरोबाट विस्थापित भएपछि विभिन्न माध्यमबाट सहयोग प्राप्त भएको छन्त्यालको भनाई छ ।

    म्याग्दी मगर समाज काठमाण्डौका अध्यक्ष कमलराज पुनले बाढीबाट ज्यान गुमाउने परिवारका सदस्यलाई सानो सहयोग गरिएको बताउनुभयो । बरंजा भकिम्ली माईती कुटुम्ब समाज र म्याग्दी मगर समाज काठमाण्डौले विभिन्न सामाजिक कार्यबाट बिरामी, प्राकृतिक विपत्ती लगायत अन्य समस्यामा परेकालाई सहयोग गर्ने गरेको छ ।बाढीपहिरोले चिनाखेत र दुधेखोलामा २५ घरगोठ सहित खेतीयोग्य जमिन बगरमा परिणत भएको थियो ।



    myagdipress myagdipress    
  • २२ भाद्र २०८३ सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP