logo
  • २७ भाद्र २०८३, शनिबार | Sat, 12 Sep 2026
  • एसीसी प्रिमियर कपः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

    • myagdipress myagdipress
    • २५ भाद्र २०८३ बिहीबार
    एसीसी प्रिमियर कपः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

    काठमाडौं । एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालले ओमानसँग प्रतिस्पर्धा गरिरहेको छ ।

    मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभलको मैदानमा जारी खेलमा नेपालले ओमानलाई १४८ रनको लक्ष्य दिएको छ ।

    टस हारेर पहिले ब्याटिङमा उत्रिएको नेपाल ४५।४ ओभरमा १४७ रनमै अलआउट भयो ।

    नेपाललाई लज्जास्पद स्कोरबाट बचाउन दीपेन्द्र सिंह ऐरीले ५१ तथा बसिर अहमदले ४७ रनको योगदान दिए । अन्य कोही पनि ब्याट्सम्यान चल्न सकेनन् ।

    ओपनरद्वय देव खनालले १३ तथा आसिफ शेखले ११ रन जोडे ।

    यस्तै, ईशान पाण्डेले १, रोहित पौडेलले ३, गुलशन झाले ७, करण केसीले ५, सन्दीप लामिछानेले ३ रन जोडे ।

    बलिङतर्फ ओमानका जय विरम ओडेडारा र हस्नइन शाहले तीन–तीन तथा मुहम्मद इमरानले दुई विकेट लिए । यस्तै, मुजीबुर अलि र शकिल अहमदले एक–एक विकेट लिए ।



    myagdipress myagdipress    
  • २५ भाद्र २०८३ बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP