रसुवामा बाढीपछि २१६ मेगावाट क्षमताको अपर त्रिशूली जलविद्युत् आयोजनामा कार्यरत म्याग्दीको मालिका गाउँपालिका ४ छापका भविन्द्र रेग्मी सम्पर्कविहिन हुनुभएको छ । विगत डेढ बर्षदेखि जलविद्युत आयोजनामा कार्यरत रेग्मी बुधबार विहानदेखि सम्पर्कविहिन भएको आफन्त बजुराम रसाइलीले बताउनुभयो।
‘‘बाढी आउनु अघिल्लो दिनसम्म फोनमा कुराकानी भएको थियो, अहिले सम्पर्कमा हुनुहुन्छ, कसैले देखेमा खवर गरिदिनुहोला’’ रसाईलीले भन्नुभयो । परिवारका अनुसार रेग्मी चाइना पावर अन्तरगत आयोजनामा मजदुरका रुपमा कार्यरत हुनुहुन्थ्यो ।
बाढीको खवरपछि सम्पर्क हुन नसकेको र हालसम्म उहाँको अवस्था तथा स्थानबारे कुनै जानकारी प्राप्त नभएको परिवारले जनाएको छ। उहाँसँगै काम गर्ने, घटनास्थल नजिक रहेका वा उहाँबारे विश्वसनीय जानकारी भएका व्यक्तिहरूलाई परिवारसँग सम्पर्क गरी जानकारी गराइदिन अनुरोध गरिएको छ। म्याग्दीबाट जलविद्युतमा काम गर्न गएका अन्य मजदुर समेत हुनसक्ने भएकाले खोजीकार्यको काम भइरहेको छ ।
प्रतिक्रिया